About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दराक तिलहार खानेपानी योजना निर्माण शुरु, पर्वत चार बर्षमा स्वच्छ खानेपानी युक्त जिल्ला बन्ने गिरीको दाबी

Darpanpost बुधबार, पौष १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ । मोदी गाउँपालिका वडा नं ६ मा पर्ने साविकको तिलहार गाबिसको ठुलो भूभाग र वडा नं ८ साविकको चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पु¥याउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको हो । खानेपानी योजनाको बुधबार पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले शिलन्यास गर्नुभयो । शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले चार बर्षभित्रमा पर्वत जिल्लालाई मुलुकमै पहिलो स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम भैरहेको बताउनुभयो । अहिले निर्माणधिन योजनाहरु समयमा सम्पन्न गर्ने, मर्मत गरेर पुग्ने योजनाहरु मर्मत गर्ने तथा आवश्यक थप योजनाहरु समेत यस अवधीमै सकेर स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । ‘हामीले प्रतिबद्धता गरे अनुसार नै काम गछौ’ उहाँले भन्नुभयो ‘यो संकल्प पुरा गरेरै छाड्ने गरि काम शुरु भएको छ’ पर्वत जिल्ला २०६९ सालमा खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।
खानेपानी तथा सरसफाई डिभीजन बागलुङ्गले झण्डै ३ करोडको लागतमा खानेपानी योजना निर्माण शुरु गरेको जनाएको छ । खानेपानी योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३ सय ४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभीजन प्रमुख प्रेम डोटेलले बताउनुभयो । यस बाहेक नवजागृत माध्यामिक बिद्यालयमा समेत खानेपानी योजना निर्माण गरिनेछ। योजनाबाट मोदी ८ को ओडारे, मोदी ७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपुर्ति हुनेछ । डिभीजनकी इन्जिनियर संगिता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरि योजना समयमा सम्पन्न सहयोग गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका सदस्य नन्दलाल सुबेदीले तिलहारमा रहेको खानेपानीको समस्या समाधान गर्न योजना महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो । तिलहार गाबिस वडा नं ६ का अध्यक्ष बिमल लामिछानेले चुनाबमा हरेक घरमा एउटा खानेपानीको धारा पु¥याउने प्रतिबद्धता गरे अनुसार प्रदेश सरकारबाट यस बर्ष ५० लाख बिनियोजन गरि काम शुरु भएको र सबैस्किमका लागि बजेट ब्यबस्थापन गरिने जानकारी दिनुभयो । वडा नं ८ का अध्यक्ष सुकबहादुर गुरुङ्गले धेरै वटा स्किम एकैपटक शुरु गर्ने तर बजेट अभाब हुँदा बर्षौ सम्म अलपत्र पर्ने अवस्था आउन नदिन आग्रह गर्नुभयो ।
दराक तिलहार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पञ्चकोशी प्राबि चित्रेकी प्रअ शुसिलादेवी गुरुङ्ग र सञ्चालन समितिका सचिब बाबुराम पराजुलीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com