About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पैसठि घरधुरीलाई खानेपानी सहज

Darpanpost सोमबार, पौष १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रेम तिवारी
 १६ पुस, तुलसीपुर  तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को चिसापानी गाँउ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पानी टयाङ्की सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ ।  चिसापानी गाँउ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष वसन्त वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्यम पाण्डेको प्रमुख आथीथ्यतामा एवं नेकपाका नेता हुकुम बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न खानोपानी टयाकं उद्घाटन गदै प्रमुख अतिथि पाण्डेले वडा नं. ३ अत्यन्त विकट भएकोले गा्रमिन वडाको रुपमा विकास गरीने र भने जती विकास नहुनु दुःखको कुरा भएको बताउदै विकट वडाहरुलाई विशेष निती बनाएर लैजाने उहाँले बताउनु भयो । गाँउ गाँउमा खानेपानीको समस्या भएकोले ग्रामिन वस्तिहरुलाई खानेपानीको विकास गर्ने ग्रामिन खानेपानी आयोजना ल्यालयर साना गाँउहरुलाई पानी सहज हुने बताउनु भएको थियो । पानी बाट सरुवारोगको संक्रमन हुनेभएकोले जिवनमा पानीको महत्व भएको बताउनु हुदै विशिष्ट अतिथि बस्नेतले अव गाँउ गाँउमा विकास सहजहुदै गयकाले विकासमा सवै एक भएर लाग्नु पर्ने बताउनु भएको थियो ।
दाङ जिल्ला खानेपानी डिभिजन कार्यालयको २३ लाख तथा ३० हजार मिटर पाइप र जनश्रमदानको १० लाख ८१ हजारको आर्थिक सहयोगमा निमाणधिन टयाङ्की १० हजार लिटरको र २० हजार लिटर क्षेमताको पानी टयाङ्की दुई ठाउमा निमार्ण गरीए ट्याङ्कीहरुले ६५ घरधुरीलाई पानीकोधरा वितरण गरीएको उद्घाटन सभाका अध्यक्ष तथा निमार्ण उभोक्ता समिति अध्यक्ष वसन्त वलीले बताउनु भएको थियोे । उक्त खानेपानीले बराखाली चिसापानी र विस्मुरे सम्मको भुभागलाई समेट्ने वडा नं. ३ का वडा अध्यक्ष विरबहादुर वि.क.ले बातउनु भएको थियो । बराखालीलाई बर्षादमा धमीले पानी खानबाध्य भएका बराखाली र चिसापानीबासी अव धमिलो पानी खान नर्पेने बताउदै वडामा खानेपानी वितारै सहज हदै गएको वडा अध्यक्ष विरबहादुर वि.कले बताउनु भएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष लिलाधर खरेल महिला वडा सदस्य छवि खरेल,वडा सदस्य गोविन्द अधिकारी, मल्टी मिडीया प्रा.लिका अध्यक्ष तथा पत्रकार संगित वस्याल लगाएकाले बोल्नु भएको थियो ।
प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष मोहलाल के.सीको मन्तव्यबाट सुरुभएको उद्घाटन् कार्यक्रमको सहजीकरण रोमबहादुर रानाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com