कपिलबस्तु /संवाददाता पुस १४
कृष्णनगरकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पतालकाे सात सदस्यीय व्यावस्थापन समिति गठन भएकाे छ ।
नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा सात सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन भएकाे निम्ति मेसु अालाेक थैबले जानकारी गराएका छन । अार्थिक बर्ष ०७५/०७६ देखि देशभरिका सम्पुर्ण अस्पताल विकास समितिहरु खारिज भएपछि स्थानिय मताहतका अस्पतालमा नगरप्रमुख संयाेजक रहनेगरि अस्पताल बिकास समिति गठन गरिएकाे निम्ति प्रशासकिय अधिकृत षण कुमार पाेखरेलले बताउनुभयाे ।
अस्पताललाई थप व्यावस्थित बनाई ईन्डाेर लगायतका सेवाहरुलाई अझ प्रभावकारी बनाईने नगरप्रमुख एवं समितिका संयाेजक रजत प्रताप शाहकाे भनाई थियाे । उहांले अस्पताललाई थप जग्गा उपलब्ध भए ट्रामा सेन्टर भवन निर्माणका लागि भारतीय दुताबाससंग रकम माग गरिने साथै नगरपालिका द्वारा पनि अत्याधुनिक उपकरण खरिद र व्यवस्थापन गरेर यस क्षेत्रका सर्वसाधारणलाई हस्तान्तरण गरिने प्रतिवद्धता गर्नुभयाे ।
अन्यपदाधिकारीहरुमा ईलाका प्रशासन कार्यालयका प्रतिनिधि , वाणिज्य संघका प्रतिनिधि शरद महेश्वरी , वडाध्यक्ष राममिलन चाैधरी , अारती सिंह यादव , साधना चाैधरी सदस्य सहित निम्ति मेसु डाक्टर अलाेक थैब सदस्य सचिवमा मनाेनित भएका छन ।