About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
पुन युवा क्लव कुस्मा पर्वतको महोत्सव फाल्गुणमा हुने ।

Darpanpost शनिबार, पौष १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

निर्मल पौडेल पर्वत ,१४ मंसिर २०७५ रेडियो कुशुम कुस्मा ।
आफ्नो स्थापना दिवसको अवसरमा हरेक साल आयोजना गर्ने पुन युवा क्लवको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम यो वर्ष फाल्गुणमा हुने भएको छ । ३७ औँ मगर दिवश तथा क्लव स्थापनाको १ दशक पुगेको अवसरमा फाल्गुण ७ गतेवाट शुरु भएर १५ गतेसम्म सञ्चालन हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । पुन क्लवको आफ्नै भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विगतका वर्षहरुमा जस्तै यो वर्षपनि विविध खेलकुद तथा साँस्किृतिक कार्यक्रमहरुको आयोजना गरिएको क्लवका अध्यक्ष कृष्ण पुनले वताए । यो वर्ष विगतमा भन्दा फरक तरिकाले कार्यक्रम गर्ने योजना वनाएका छौ ,पुनले अगाडि भने “पोहोर परार मेला गर्थेऊ अहिले महोत्सव हुन्छ । ” महोत्सव वडगाउँमा रहेको जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा हुने भएको हो । कृषि प्रदर्शनी सँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यका साथ आयोजित यसपालिको महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, डान्स आइडल प्रतियोगिता, दोहोरी गित प्रतियोगिता, सालैजो, सोरठी प्रतियोगिता, झाँकी र विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने भएका हुन् । खुल्ला पुरुष भलिवल प्रतियोगितामा विजेताले नगद रु १ लाख २२ हजार २ सय २२ सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्धितिय हुनेले ७५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै कार्यक्रममा डान्स आइडल वन्नले नगद रु ३० हजार ताज र प्रमाणपत्र प्राप्त गर्नेछ । दोहोरी गित प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार प्लस प्रमाणपत्र,द्धितिय हुनेले रु २० हजार प्लस प्रमाण पत्र र तृतिय हुनेले रु १० हजार प्लस प्रमाणपत्र हात पार्नेछ । वाल उद्यान रमाइलो मेला लगायत थुप्रो प्रतियोगिताको आयोजना गरिने महोत्सवमा १ लाख भन्दा वढि दर्शकहरुले अवलोकन गर्ने आयोजकले वताएको छ । कार्यक्रममा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने अध्यक्ष पुनले वताए । कार्यक्रममा कर्वाकेली वावा समुहका अध्यक्ष छविलाल पुन र क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका पुर्व अध्यक्ष जीवन पुनले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com