About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न

Darpanpost शुक्रबार, पौष १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अजय मिश्र/कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउपालिका को प्रेमनगर मा रहेको श्री हरिबोध प्राथमिक बिद्यालय मा ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम को अध्यक्षता जेष्ठ नागरिक हिम बहादूर काउचा मगर ले गर्नु भयो विजयनगर गाउपालिका को उपप्रमुख लक्ष्मी कुमारी चौधरी,विजयनगर गाउपालिका वडा नं.१अध्यक्ष इन्द्र थारु वड नं.२का अध्यक्ष नेपाल थारु वडा नं.४का अध्यक्ष तिलक कडेल वडा नं.७का अध्यक्ष दिनेश कुमार चौधरी,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बोग्टी,बालजी चौधरी,नयाँ शक्ति पार्टी का जिल्ला सचिवालय सदस्य राम नरेशपुरी प्रहलाद पाण्डेय लगायत स्थानिय समाज सेवी शिक्षा प्रेमी न्यायप्रेमी भद्रभलादमी पत्रकारहरुको उपस्थिती थियो।
कार्यक्रमको संचालन गर्दै ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नविन पौडेल ले नेपाल प्रहरी को संस्थागत प्राथमिकता मध्येको एक प्रमुख कार्यक्रम नागरिक सुनवाई कार्यक्रम हो।प्रहरी सेवा मा आम नागरिक को पहुच सुनिश्चित गराउन,प्रहरी सेवा आम जन मानस मा पारदर्शी ,प्रहरी सेवा मा जन सहभागिता गराउने लगायत उद्देश्य राखि विक्रम संम्वत २०७०साल देखि नागरिक सुनवाई कार्यक्रम संचालन गरिदै आएको छ।
साथै पौडेल ले त्रैमासिक प्रगति समिक्षा का बुदाहरु प्रस्तुत गर्दै पछिल्लो ३ महिनामा ७ लाख ९० हजार बराबर को राजस्व संकल्न,दर्जनौ सचेतनामुलक कार्यक्रम संचालन ,बिद्यालय संपर्क कार्यक्रमहरु लगायत अन्य प्रगति विवरण पेश गर्नु भयो साथै उपस्थित जनता लाई प्रहरी ले गर्दै आएको कार्यमा कमी कमजोरी र गरेको कार्यको बारेमा बोलने मौका दिइयो।
उपस्थित सभा बाट विभिन्न व्यक्ति ले नेपाल प्रहरी को कार्य को प्रशंसा गर्दै लैगिंक हिंसा,खुल्ला रुपमा मदिरा बिक्री वितरण,लागूऔषध,घरेलू हिंसा,चोरी तस्करी,किसानको मल खाद्य आदि बिषयमा आवाजहरु उठाइयो। पछि उक्त सबै कुरा को जवाफ पौडेल ले निकै तार्किक रुपमा दिई कार्यक्रम सफल भएको सबै लाई धन्यवाद दिए।
कार्यक्रमका अध्यक्ष हिम बहादूर काउचा मगर ले पनि आफ्नो मन्तब्य राख्दै सबै उपस्थित सभा का जनता लाई धन्यवाद दिदै कार्यक्रम को समापन गर्नु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com