About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
रगत लिनेको सख्या बढ्दै ,तुलसीपुरमा बर्षमा दुईसय प्वाइन्ट रगत खपत

Darpanpost बुधबार, पौष ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रेम तिवारी
तुलसीपुर, १० पुस ।  रगत विनाको जीवन कल्पना पनी गर्न सकिदैन आकस्मिक कारणले अकालमा ज्यान जान लागेका मानिसलाई बचाउने विकल्प रक्तदान नै हो तर रक्तदानका बारेमा वास्तविक जानकारी नहुदाँ रक्तदान गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढ्नसकेको छैन । जस्का कारण रगतको अभाव हुने गरेको छ । रक्तदानका बारेमा केही भम्र हुँदा र रगत लिनेहरुको संख्या बढ्दै जाँदा पनि रक्तदान त्यति प्रभावकारी भएको छैन ।

रक्तदानगर्न विभिन्न कार्यक्रमकोे आयोजना गर्ने परिपाटीले गर्दा तुलसीपुरमा रगतको अभाव अलि सहज भएकोे नेपाल रेडक्रस सोसाइटी रक्तञ्चार सेवा केन्द्र तुलसीपुरकी प्रमुख सितम रेग्मीले बताउनु भएको छ ।  कार्यक्रममा नेगेटिभ ग्रुप रगत भएका मानिसहरु कमहुने भएकोले नेगेटिभका रगतहरु अभावहुने गरेको रेग्मीले बताउनु भएको छ ।


स्वस्थ शरीर,मानसिक सन्तुलन ठीक कम्तीमा १८ बर्ष पुरा भई ६० बर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल देखी माथिको उच्चरक्तचाप,मलेरिया,क्षयरोग,जन्डिस,मधुमेह तथा एच.आई.भि. एड्स नलागेको व्यक्तीले रक्तदान गर्नु हुदैन त्यसैले यहाँँ रगत दानमा कमिआउनुको मुख्यकारण भएको बताउनु भयो ।  विगत तुलसीपुरमा मात्रै करिव एक बर्षमा दुई सय प्वाइन्ट रगत खपत भएको छ ।
२०७४ साल भाद्र १९ गते स्थापना भएको तुलसीपुर रक्तसंचारले तुलसीपुरको राप्ती अञ्चल अस्पताल,राप्ती लाइफ केयर हस्पिटल, तुलसीपुर सिटि र तुलसी हस्पिटलहरुमा रगत पु¥याउदै आएको छ ।  शुरुमा दाङ जिल्लाको घोराहीमा मात्र ब्लड बैक थियो तुलसीपुरबाट समान्य रगत चढाउनमात्र भएपनी रिफर गर्नु पर्ने बाध्यता थियो अहिले तुलसीपुरमा गर्भबती,हाडजोर्नी र सामान्य सर्जरीका अप्रेसन हुने गरेका राप्ती लाइफ केयर हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत जिवन भण्डारीले बताउनु भयो ।
योग्य व्यक्तीले पनी रक्तदान नगर्ने प्रवृतिले गर्दा तुलसीपुरमा रगतको अभाव हुने गरेको छ । महिनामा कहिले त कोहीनै हुदैनन रक्तसंचार तुलसीपुर कर्मचारी बताउ छन कुनै महिना फेरी दिन दिन नै पनी रक्तदान हुने गर्दछ संघ संस्थाको स्थापना दिवस र व्यक्तिको जन्म दिनमा पनी रक्तदान गर्नु हुन्छ तर सवै मानिसमा यो परिपाटि र यस्तै सवैले सोचमा कुनै गु्रपको रगत कमि नहुने रक्त संचार सेवा केन्द्र तुलसीपुरकी प्रमुख रेग्मीले बताउनु भयो ।


विगतका गाँउघरमा रगत दान सम्बन्धि विभिन्न भ्रमित कुरा गरिएपनी वास्तवमा भने रगत दानगर्नुले मानीसलाई फाईदा हुने स्वास्थ्यकर्मीहरु बताउछन् एक पटकको रक्तदानले मात्रै पनि मानिसमा करिब छ सय ५० किलो क्यालोरी नष्ट हुने गर्दछ । यसले मानिसको तौल नियन्त्रणमा ठुलो मद्धत गर्ने गर्दछ । पुरुषले तीन महिनामा र महिलाले चार महिनामा रक्तदान गर्दा मानिस स्वास्थ्य रहने चिकित्सकहरु बताउने गरेका छन ।
हरेक तिन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ पु¥याउने ,पुरुषमा मुटुरोगको सम्भावना केही कम रहने,शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो रोगको समस्याबाट बच्न समय –समयमा रक्तदान जरुरी देखिएको बताइन्छ रक्तदानपछि मानिसको शरिरमा नयाँ रगत बन्ने र स्वास्थ्यसँग जोडीएका थुप्रै समस्याबाट टाढा राख्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com