About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
शितल चौतारी युवा क्लबको चौथो वार्षिकोत्सब सम्पन्न

Darpanpost बुधबार, पौष ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई

१० पौष , पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपाली वडा नम्बर २ मा सञ्चालित शितल चौतारी युवाको क्लबको चौथो वार्षिकोत्सब आज सम्पन्न भएको छ । क्लबका अध्यक्ष राजन पौडेलको अध्यक्ष्ातामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस का जिल्ला सदस्य तथा नेपाल रेडक्रस का महामन्त्री गोविन्द प्रसाद पाध्य रहनुभएको थियो भने विशिष्ट अतिथि मा बिहादी कार्यपालिका सदस्य खैसरा परियार , बिहादी २ बर्राचौरका जनप्रतिनिधि वडा सदस्य रत्न बहादुर कुंवर ( शिव ), बिहादी २ का जनप्रतिनिधि वडा सदस्य डोलिन्द्र गिरी , श्री आम्बारीका भुपु शिक्षक होमनाथ पराजुली , समाजसेवी नरेन्द्र क्षेत्री (भिम ) लालबहादुर कंवर, युवा समाजसेवी वसन्त पराजुली , उमेश गिरी रहनु भएको सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य बिहादी कार्यपालिका सदस्य खैसरा परियारले गर्नुभएको थियो कार्यक्रमको सञ्चालन युवा पत्रकार अमृत भट्टराईले गर्नुभएको थियो ।कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रम र महिला भलिबल प्रतियोगिता , क्लबलाई सहयोग गर्ने सहयोगीलाई समान कार्यक्रम रहेको थियो । पुरुष भलिबल प्रतियोगिता पौष ९ गते नै सम्पन्न भएको थियो । भलिबल प्रतियोगिता मा प्रथम हुन सफल भएको छ आयोजक शितल चौतारी , दोस्रो हुनेमा छ बौद्ध युवा क्लब दुक्तान तेस्रो झरना युवा क्लब उराम र सान्तोना शुभकामना युवा क्लब बर्राचौर भएको हो । महिला भलिबल प्रतियोगितामा जुनेलि युथ क्लब कालीगण्डकी ६ का महिला खेलाडी प्रथम भएका थियो भने नेपाल तारा प्रविधिका शिक्षालयका महिला खेलाडी दोस्रो भएका थियो जुन महिला भलिबल प्रतियोगिताको पुरस्कार को व्यवस्था समाजसेवी उमेश गिरी र बर्राचौरमा जन्मेर पर्वतको सदरमुकाममा बसेर निष्पक्ष रुपमा कलम चलाउने युवा पत्रकार बैकुण्ठ गिरीले गर्नुभएको क्लबका सचिव अनिल धमेलले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहेको थियो जसमा राष्ट्रिय कलाकार श्रीधर अधिकारी , विस्नु ठडराई, वसन्त लम्साल लगाएको प्रस्तुति रहेको थियो । कार्यक्रममा श्रीधर अधिकारीले दर्शकलाई निकै हसाएका थिए भने गायिका विस्नु ठणराईले र वसन्त लम्सालले दर्शकलाई निकै नचाएका थिए । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पाध्यले भने खेल एउटा ठाउँ लाई मात्र नभइ सबै ठाउँ लाई चिनाउने एउटा माध्यम पनि बनेको र यसै माध्यम बाट धेरै युवाले छुट्टै पहिचान गराउने गरेको मा बधाई समेत दिनुभयो । भलिबल एउटा राष्ट्रिय खेल भएको हुदा यसलाई जोगाउने जिम्मेवारी पनि युवा नै रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com