About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित फिल्म अहुरीको पर्वतका विभिन्न ठाउँहरुमा छायाङ्कन हुँदै ।

Darpanpost सोमबार, पौष ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

निर्मल पौडेल पर्वत ८ मंसिर २०७५ सामुदायिक रेडियो कुशुम कुस्मा पर्वत ।
प्रतिफल फिल्मस् प्रोडक्सनको व्यानरमा सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित फिल्म अहुरीको पर्वतका विभिन्न ठाउँहरुमा छायाङ्कन हुने भएको छ । पर्वतका विभिन्न धार्मिक एतिहासिक एवं पर्यटकिय क्षेत्रहरुमा छायाङ्कन गर्न लागिएको अहुरीको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रतिफल फिल्मस्को सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फिल्मस् वारे जानकारी गराउँदै अहुरीका रचनाकार एवं निर्देशक विशाल लोहनीले अहुरी नेपाली फिल्मी क्षेत्रमा विल्कुल पृथक र नौलो आयम हुने वताए । अहुरीमा दुई सताव्दी अगाडिदेखि वर्तमान अवस्था सम्मको समयको यात्रालाई घटनाप्रदान रुप वाट कथामा अटाएको लोहनीले वताए । मोफसलमा रहेर विगतमा सेवेन व्वाइज, भ्रम चलचित्र त्यस्तै अन्य विभिन्न दर्जनौ सर्ट मोभीहरु वजारमा ल्याएको प्रतिफल फिल्मस् प्रोडक्सनले यसपाली फरक रुपवाट अगाडि वढेको लोहनीले वताए । फिल्ममा मिस धौलागिरी लगायत काठमाडौ, पोखरा, मोरङ ,नुवाकोट, पर्वत, वाग्लुङ, म्याग्दीका, कलाकारहरुको अभिनय रहने छ । करिव २५ लाख जतिको न्युनतम लागतका निर्माण हुने अहुरीको मंगलवार देखि छायाङ्कन हुने भएको हो । फिल्ममा विषेशगरी पर्वतको आञ्चिलिकता झल्किने देखिएको छ । समाजसेवी एवं फिल्मका प्रोडुसर कमल लोहनीको अध्यक्षता निर्देशक विशाल लोहनीको प्रमुख आतिथ्यता,सञ्चारकर्मी ठाकुर रसाइलीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कलाकार अर्जुन थापाले गरेका थिए । कार्यक्रमा प्रोड्युसर आर सी पौडेल,उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरस्वती भण्डारी सरु, लगायतले वोलेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com