About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङ्गका जनप्रतिनिधिले भेटे दुर्घटनाका घाईतेहरुलाई

Darpanpost आइतबार, पौष ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको वस दुर्घटनाका घाइतेहरुलाई दाङ्गका जनप्रतिनिधिहरुले भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । काठमाडौ विर अस्पतालको ट्रमा सेन्टरमा भर्ना भएका घाइतेहरुको अवस्थाका वारेमा जानकारी लिएको सहभागी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले घाइतेहरुको अवस्था सुधारिदै गएको वताउँदै उनीहरुको उपचारमा विशेष चासो देखाउनका लागि अस्पताल प्रशासनलाई आग्रह गरेको पनि जानकारी दिए । ‘अवस्था सामान्य वन्दै गएको छ अव आशा गर्ने प्रशस्त ठाउँहरु छन् ’ पाण्डेले भने । घाइतेको अवस्था वुझ्नका लागि प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल वली, अनिता देवकोटा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे लगायतको सहभागिता रहेको थियो । शुक्रवार शैक्षिक भ्रमणमा गएका सहीद कृष्ण सेन इच्छुक वहुप्राविधिक शिक्षालय घोराहीका विद्यार्थीहरु फर्कदा दुर्घटनामा परेका थिए । दुर्घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ भने १२ जनता घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको उपचारका लागि सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com