About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
संस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता सम्पन्न

Darpanpost शनिबार, पौष ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ७ पौष , पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपाली वडा नम्बर २ मा सञ्चालित शितल चौतारी युवाको क्लबको चौथो वार्षिकोत्सब मा आज पनि विभिन्न संस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिबल प्रतियोगिता मा दक्षिणी भेगमा विगत केही बर्ष देखिनै शितल चौतारी युवा क्लबले मात्र खेलाउदै आएको एक मात्र रोक र रमाइलो मैत्रीपुर्ण शिक्षक र कर्मचारी बीचको भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ जसमा कर्मचारी समुह विजय भएको कर्मचारी खेल संयोजक प्रविण बुढा मगरले जानकारी दिनुभएको छ । जुन खेल हेर्ने बिहादी गाउँपालीका मात्र नभइ अन्य ठाउँबाट पनि दर्शक को भीड लागेको थियो । क्लबका अध्यक्ष राजन पौडेलले बताए अनुसार मैत्रीपुर्ण भलिबल खेलको पुरस्कार बर्राचौर उपस्वास्थ्य चौकीका इन्चार्ज भुपेन्द्र नाथ पौडेल ले गर्नुभएको थियो कार्यक्रम पुस ३ गतेदेखि सञ्चालन भएको कार्यक्रम पौष ९ गतेसम्म सञ्चालन रहनेछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ जसमा राष्ट्रिय कलाकार श्रीधर अधिकारी , विस्नु ठडराई, वसन्त लम्साल लगाएको प्रस्तुति रहने क्लबका सचिव अनिल धमेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com