गजल
न त शारुख न सलमान हुने मन छ ।
मात्र तिम्रो अधरको मुस्कान हुने मन छ ।
जुनिभरी जुन जस्तै बलोस हाम्रो माया
दुई मुटु एउटै जिउ ज्यान हुने मन छ ।
यहि मंसिरैमा सिउदो सजाएर सानू
तिम्रो सपनाहरूको समाधान हुने मन छ ।
फूल जस्तै न हो जीवन ओइलिएर जाने
पाई न्यानो माया सधैं जवान हुने मन छ ।
जुनि बितोस तिम्रो मायामा रमाएर हरपल
मर्दा पनि एउटै चिहान हुने मन छ ।
सुरज सिंह
कपिलवस्तु