पुष ५ बिहिवार । पर्वत को दक्षिण भेग का नेपालि काग्रेंस का युवा नेता तथा तथा सफल उधमी प्रवीण गुरुङ बिगतका केहि बर्ष देखि समाजसेवामा निकै सक्रिय देखिएका छन।
विशेष गरि युवाहरुको मनमा बस्न सफल गुरुङ पर्वत जिल्लामा लोकप्रिय नेता मानिन्छन। पर्वतको बिहादी गाउपालिकामा झिनो मतान्तरले पराजित गुरुङ चुनाव पश्चात् अझ सक्रिय देखिएका छन।
शिक्षा, स्वास्थ, खानेपानी तथा बिबिध क्षेत्रमा तन मन र धनले उनले सहयोग गर्दै आइरहेका छन।
गुरुङ कन्स्ट्रक्सन तथा किन्जल ट्राभल्स का मालिक गुरुङ जनताको घरघरमा भएका समस्या पहिचान गरि ,समाधान गर्दै गाउमै जिवन ब्यतित गर्न थालेका छन।
उनि विशेष गरि युवाका कार्यक्रम लाई सहयोग गर्दै आइरहेका छन। उनि पर्वतको खेलकुदलाई उत्कृष्ट बनाउन लक्ष्य का साथ अगाडि बढेको सकेंत विगत्तका दिनमा दिएका छन।
युवा समूह , क्लब का हरेक कार्यक्रम को प्रायोजक देखि लिएर स्थानीय सरकार लाई मिनि रंगशाला निर्माण बनाउन दबाब दिने र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन।
वालिङ हुवास यातायात सघं का अध्यक्ष समेत रहेका गुरुङ गरिव किसान हरु लाई घडेरी सम्म्याउने देखि लिएर स्तरीय सडक बनाउन पनि लागि परिरहेका छन।
युवाका हरेक कामलाइ सहयोग गर्ने र सबै युवालाइ एकजुट बनाएर लैजाने तथा हरेक क्लबको कार्यक्रमलाई प्रायोजक गर्ने गुरुङ सबैको प्रेरणा स्रोत बनेको सितल चौतारी युवा क्लवका अध्यक्ष राजन पौडेलको दावी छ।
देश र जनताको सेवा गर्न को लागि चुनाव जित्नुनै पर्छ, पदमा रहनुनै पर्छ भन्ने भ्रमलाइ लत्याएको स्थानीय को भनाइ छ ।