About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

पर्वतको कुश्माका एक सफल युवाको निधन

Darpanpost बुधबार, पौष ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । पर्वतको कुश्माका एक सफल युवा व्यवसायी चित्रबहादुर अधिकारी ‘गोपल’को उपचारको क्रममा निधन भएको छ । घाँटीमा समस्या आएपछि उहाँ उपचारमा जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अधिकारीलाई घाँटीमा टिवीको गम्भिर संक्रमण थियो ।अधिकारी विगत ४ महिनादेखि अस्पतालमा उपचारको क्रममा हुनुहुन्थ्यो । अस्पतालले उपचार संभव नभएको भनेर हिजो घर पठाएकोमा धादिङ आउँदा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पर्वत उद्योग बाणिज्य संघको निर्वाचित कार्यसमिति सदस्य समेत रहनुभएका ४२ वर्षिया अधिकारीको निधनले पर्वतका व्यवसायी शोकमग्न भएका छन् ।
कुश्मा नगरपालिका १ पाङ घर भई विगत २० वर्षदेखि अधिकारी डेरी सञ्चालन गर्दै आउनुभएका अधिकारीको हिजो दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com