About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषध्यक्षबाहेक सबै निर्वाचित

Darpanpost मंगलबार, पौष ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, पुस ३।

लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।

सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना राख्न सहमत भएका हुन् ।

यो देउवाले प्रस्ताव गरेको संख्या हो । तर, निर्वाचन पद्धतीमा पौडेलको अडान सदर भएको छ । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ ।

कोषध्यक्ष र प्रवक्ता मनोनित हुनेछ ।

शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ ।

विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com