About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
खेलकुद मैदान निर्माण नै क्लबको मुख्य एजेन्डा : जनजागृत युवा क्लबका अध्यक्ष आले

Darpanpost शनिबार, मंसिर २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

माधव अधिकारी,

नवलपुर, मंसीर २९ । देवचुली नगरपालिका ९ मा पुस १५ को अवसरमा हरेक बर्ष सञ्चालन हुने जील्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता यस बर्ष पनि सञ्चालन हुने वडाध्यक्ष मेख बहादुर सारु ले बताउनुभएको छ । जनजागृत युवा क्लब देवचुली नगरपालिका ९ को विशेष बैठकमा बोल्दै सारुले नगरपालिकाको सहयोगमा सञ्चालन गरिने उप मेयर कप देवचुली ९ मा गर्नका लागि समेत पहल गर्ने बताउनुभएको छ । घुमाउरी पिकनिक स्पोर्टस परिशरमा सम्पन्न बैठकमा क्लबका कार्यसमिति पदाधीकारीहरु, सल्लाहकार समिति, खेल समितिका पदाधीकारी, देवचुली वडा नं. ९ का अध्यक्ष मेख बहादुर सारु, वडा सदस्य राम प्रसाद पन्त लगायतको उपस्थीति रहेको थियो । अहिलेको समयमा खेलकुद मैदान निर्माण नै क्लबको मुख्य एजेन्डा रहेको बताउदै विशेष बैठकबाट भलिबल खेल सञ्चालन, खेल मैदान निर्माण, घुमाउरी पिकनिक स्पट तथा पर्यापर्यटकिय क्षेत्रमा पार्किङ्ग शुल्क निर्धारण र सरसफ लगायतका विषयमा प्रस्ताव गरि निर्णय गरिएको क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले बताउनुभएको छ । बैठकले पुस १५ मा खेलाइने खुल्ला भलिबल प्रतियोगिताका लागि क्लबका अध्यक्ष कृष्ण बहादुर आलेको संयाजकत्वमा ३ सदस्यीय आर्थिक समिति समेत गठन गरेको छ । जसको सदस्यमा चन्द्र बहादुर थापा र दिपक तामाङ्ग चयन हुनुभएको छ । वि.स. २०७१ सालमा दर्ता भइ सञ्चालनमा आएको जनजागृत युवा क्लबले त्यस ठाउँमा सरसफाइ, चाडपर्वमा सांस्कृतिक लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुको साथै घुमाउरी पिकनिक स्पर्ट तथा पर्यापर्यटकिय क्षेत्रमा पनि प्राविधिक तथा व्यवस्थापकिय सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com