About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
हृदेश त्रिपाठी को टिम ले निर्णायक सम्बाद थाल्ने

Darpanpost शनिबार, मंसिर २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु/संवाददाता
स्वतन्त्र राजनितिक समूह को बैठक मा.हृदेश त्रिपाठी को संयोजकता मा इन्द्रेणी पार्टी पैलेस बानेश्वरमा सम्पन्न भएको छ।
समूहको शुक्रवार राजधानीमा भएको बैठकले नेकपाको नेतृत्वसग छलफल गर्ने जिम्मा नेता हृदयेश त्रिपाठीलाई दिएको छ । देशभरवाट प्रतिनिधि मुलक रुपमा नेताहरुको प्रतिनिधित्व रहेको भेलाले व्यक्तिगत रुपवाट नभई समुहगत रुपवाटैं नेकपासग मिल्ने बारेमा भैरहेको छलफललाई सार्थक परिणाममा लैजाने गरी अघि बढ्ने निर्णय गरेको बैठकमा सहभागि समुहका नेता ईश्वर दयाल मिश्रले जानकारी दिए ।
विगतमा राखिएका मागहरुलाई केन्द्रमा राख्दैं नेकपासगको भैरहेको छलफललाई छिटो परिणाममुखी बनाउन वैठकमा सहभागिहरुले जोड दिएको उनले बताए ।
तराई मधेश क्षेत्रमा ं तत्कालिन अवस्थामा एमाले/माओवादीको उपस्थिति कमजोर जस्तो देखिदा समेत राजनितिक आधारलाई महत्व दिएर समुहका केही नेताहरुले सूर्य चिन्हमा चुनाव लड्ने दुरगारी निर्णय गर्दा समेत त्यसको मुल्याकंन नभएको गुनासो भेलाका सहभागिहरुले गरेको मिश्रले जनाए ।
एमाले/माओवादील ले मधेशी जनअधिकार फोरमलाई नैं नेकपाको नेतृत्वले दिएको महत्वप्रति पनि सहभागिहरुले असन्तुष्टि व्यक्त गरेको बताउदैं नेता मिश्रले नेकपाले मधेशमा त्यस्ता दललाई प्रोत्साहित गरिरहेकोमा समेत सहभागी हरुको गुनासो रहेको जनाए ।
यो राजनितिक समूह नेकपामा मिल्न सक्दा तराई मधेशमा समेत नेकपा बलियो हुनेमा दुई मत नरहेको दावी गर्दै उनले तर कसरी संयोजन हुने भन्ने सन्दर्भमा अव प्रक्रिया अघि बढाइने बताए । यो समूहवाट गत चुनावमा प्रतिनिधि सभामा ४ जनाले सूर्य चिन्ह लिएर लडेका थिए । जसमा नेता त्रिपाठी, वृजेशकुमार गुप्ता,पशुपति दयाल मिश्र र ईश्वर दयाल मिश्र रहेका थिए । जसमा त्रिपाठीले नवलपरासी र गुप्ताले कपिलवस्तुवाट चुनाव समेत जितेका थिए भने प्रदेश चुनावमा सूर्य चिन्ह वाट उठेर धर्म वहादुर लाल श्रीवास्तव र अजय शाही विजयी भएका थिए

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com