About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
वडाअध्यक्षको ज्ञापनपत्रपछि बागलुङ नगरपालिका कार्यालय बजारमा, तीन सरकारी कार्यालय कब्जामा

Darpanpost शुक्रबार, मंसिर २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

वडाअध्यक्षको ज्ञापनपत्रपछि बागलुङ नगरपालिका कार्यालय बजारमा सर्दैछ । यस अगाडि रात्माटाबाट कार्यालय सञ्चालन हुदै आएकोमा ११ वटा वडाअध्यक्षले बजारमा सार्नुपर्ने ज्ञापन पत्र नगरप्रमुखलाई वुझाएपछि बजारमा सर्ने तयारी गरेको हो । आफ्नो कार्यालय बजारमा सारी कार्य सञ्चालन ब्यवस्थित गर्ने भन्दै नगरपालिका कार्यालयले बजारका सरकारी कार्यालयलाई आफ्नो कब्जामा लिन सुरु गरेको छ । बागलुङ नगरपालिकाले जिल्लाका तीन सरकारी कार्यालय जबरजस्ती ओगटेर सेवा सुरु गर्न थालेको छ। नगरपालिकाले बजारबाटै सेवा प्रवाह गर्न भन्दै कृषि ज्ञान केन्द्र, महिला तथा बालबालिका कार्यालय र भूसंरक्षण कार्यालयमा बिहीबार बोर्ड टाँगेको छ। विहिवार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, उप–प्रमुख सुरेन्द्र खड्का र वडाध्यक्ष र कार्यपालिका सदस्यसहित जनप्रतिनिधिको टोलीले उक्त कार्यालय पुगेर नगरपालिकाको बोर्ड राख्नुका साथै कार्यालयमा भएका कर्मचारीबाट तालाचाबी समेत नियन्त्रणमा लिएका छन् ।

बागलुङ बजारमा कार्यालय सार्न भवन खोजी गरिरहेको नगरपालिकाले संघ सरकार स्वामित्वको कार्यालयमा बोर्ड टाँगेर चाबीसमेत नियन्त्रणमा लिएपछि ती कार्यालयमा कार्यरत कर्मचारी अन्योलमा देखिएका छन्।साविकको कृषि कार्याल रहेको कृषि ज्ञान केन्द्रमा नगरपालिकाको बोर्डसहित छेउमा ज्ञान केन्द्रको पनि सानो बोर्ड राखिएको छ। कृषि सम्बन्धी कार्यक्रम हेर्न गण्डकी प्रदेश सरकार मातहत रहने गरी पर्वतमा कार्यालय छ।
पर्वतमा रहेको कार्यालयले बागलुङमा पनि हेर्ने जिम्मेवारी पाए पनि ज्ञान केन्द्रको बोर्ड राखिएको छ। सरुवा भएर पनि अहिलेसम्म बागलुङमै रहेका वरिष्ठ कृषि विकास अधिकृत दिनेश पौडेलले कुनै जानकारी नै नगराई जबरजस्ती कार्यालय कब्जा गरिएको बताए। ‘हामीलाई कुनै जानकारी नै दिइएको छैन, साउनदेखि यहाँ पनि ज्ञान केन्द्र रहेने भन्ने कुरा छ’, उनले भने, ‘यो त मन्त्रालयबाट निर्णय भएर आउनुपर्ने कुरामा उहाँहरुले जबरजस्ती गर्नुभयो।’ कृषि ज्ञान केन्द्र हेर्ने पर्वत कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले आफूहरु चेपुवामा परेको गुनासो गरे। ‘त्यहाँ भएको सम्पत्ति त उहाँहरुकै हो, तर हामीलाई प्रदेश सरकारले त्यहाँबाट पनि सेवा दिने भनेको छ’, उनले भने, ‘केन्द्र प्रदेश र स्थानीय तहबीच सम्पत्तिको बाँडफाँडको टुंगो नहुँदा हामी चेपुवामा परेका छौं।’
नगरपालिकाको मुख्य कार्यालय साविकको कृषि विकास कार्यालय हाल पर्वतमा रहेको मुख्य कार्यालयको शाखा रहेको कृषि ज्ञान केन्द्रमा राखिनेछ। अहिले सांकेतिक रुपमा कार्यालयको बोर्ड स्थापना गरिएको केही दिनबाटै बजारको कार्यालयबाट नगरबासीले सेवा पाउने बागलुङ नगर उपप्रमुख सुरेन्द्र खड्काले बताए। ‘अहिले बोर्ड मात्रै सारेका छौं, केही दिनमा कार्यालयका सबै सामग्रीहरु यही सारेर जनतालाई यहीबाट सेवा दिन्छौं’, उनले भने। जिल्ला समन्वय समितिमा बैठक बसेर कृषि र पशु, महिला बालबालिका र भूसंरक्षणको कार्यालय बागलुङ नगरपालिकालाई १० दिन भित्र हस्तान्तरण गर्ने भनिए पनि ढिलाई गरेका कारण आफूहरुले ती भवनमा बोर्ड राखेर तालाचाबी नियन्त्रणमा लिएको उपप्रमुख खडकाले बताए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com