अजय मिश्र/कपिलबस्तु
नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बुटवल मताहत रहेका सम्पूर्ण वितरण शाखा कार्यलय हरुबाट अति बिपन्न लक्षित वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा नि:शुल्क मिटर जडान गर्ने देखिएको छ।
क्षेत्रीय कार्यलय बुटवल ले आर्थिक वर्ष ७५/७६मा लाईन वितरण र नि:शुल्क मिटर जडान कार्यक्रम का लागि पाँच करोड बजेट समेत छुट्याको छ साथै उक्त कार्यक्रम को लाभ उठाउन नगरपालिका को सिफारिस चाहिने छ।नेपाल बिद्युत प्राधिकरण को कृष्णनगर का स्थानिय बुद्धजीवी,समाजसेबी,लगायत ले यस्तो कार्यक्रम आउनु भनेको समाज मा पछाडिएको जनता र अति बिपन्न को घरमा मिटर जडान भई घर र भबिष्य उज्यालो पर्ने काम सरहनीय छ।साथै उक्त कार्यक्रमको बारेमा ने.बि.प्र.वि.शाखा कृष्णनगर का प्रमुख लक्ष्मीकेशर अगञ्जा ले जनाएका छन्।