मंशिर २७ ।
ब्यक्तित्व विकास र प्रतिभा प्रस्फुटन गराउने र अनाथ वालवालिकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ द राइजिङ पाटर्नश ले वुटवलमा मंशिर २६ गते देखि पौष २५ सम्म फेशन पर्शना कार्यक्रम संचालन गरेको छ । १५ देखि २५ वर्ष उमेरकालाई लक्षित गरि संचालन गरिएको कार्यक्रम पुष्पलाल पार्क नजिकै रहेको होटल अतिथि इनमा संचालन हुने द राइजिङ पाटर्नशका शिशिर पाण्डेले वताए । फेशन पर्शना मा मुख्य प्रशिक्षकको भुमिका कोरियोग्रफर अमित श्रेष्ठ र आशा कार्किले निर्वाह गर्ने पाण्डेले जानकारि दिए । प्रतियोगितामा विजेता हुनेलाई २० हजार , एक हप्ता भारतको मुम्वई टुर सहित गिफ्ट हम्यापर र भिवर च्वाईस को विजेतालाई पनि मुम्वई टुर त्यस्तै फस्ट रनरअप लाई १० हजार र सेकेन्ड रनरअपलाई ५ हजार नगद रासी सहित मुस्ताङ टुर को अवसर रहेको द राइजिङ पाटर्नश का मेम्बर पवन बन्जाडेले जानकारि दिए ।