कपिलवस्तु , २६ मंसिर। नेपाल इन्जिनियर्स एशोसिएशनको संघीय संरचना अनुसारको ऐतहासिक प्रथम प्रदेश कार्यकारिणी समितिकोे निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ता उम्मेद्धवार बन्नुभएको छ । एशोसिएशनको ३२ औ राष्ट्रिय कार्यकारिणी समिति तथा देशभरी एकै साथ मंसिर २८ गते हुन गइरहेको ७ वटै प्रदेश समिति निर्वाचनमा गुप्ता प्रदेश नम्बर ५ बाट सदस्य पदमा उठनु भएको छ। विगत लामो समय देखि जलश्रोत, उर्र्जा तथा भौतिक पूर्वाधार क्षेत्रमा क्रियाशिल रहनुभएका गुप्ता लोकतान्त्रिक प्यानलबाट प्रदेश कार्यकारिणी समितिको सदस्य पदमा उम्मेद्धवार बन्नुभएको हो । केन्द्रिय देखि ग्रामिण क्षेत्रमा कामको अनुभव लिइसक्नुभएका गुप्ताले व्यक्तिगत र राजनितिक स्वार्थ देखि माथि उठेर इन्जिनियरिङ्ग पेशालाई मर्यादित बनाउदै एशोसिएशनलाई बलियो संगठन बनाउन, इंजीनियरिंग सेवा लाई समाजमा सम्मानित पेशाको रुपमा स्थापित गर्न, प्रादेशिक संरचनामा इन्जिनियरहरुको लागि रोजगारीको अवसर हरुमा वृद्धि गराउने र इन्जिनियरहरुको पेशागत सेवाको सुरक्षा को लागि पहल गर्ने उद्देश्य का लागि आफुले उम्मेद्धवारी दिएको बताउनुभयो । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगञ्ज घर भएका देशकै प्रसिद्ध पुलचोक क्याम्पस बाट सिभील इंजीनियरिंग विषयमा स्नातक एवं जिओटेक्निकल इंजीनियरिंगमा मास्टर डिग्री प्राप्त गर्नु भएको गुप्ता प्रदेश नम्बर ५ को इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक पक्षका ई. कुसुमराज ज्ञवालीको नेतृत्वमा निर्वाचनमा होमिनुभएको छ । “व्यक्तिगत तथा राजनितिक स्वार्थभन्दा माथि उठौ, ईन्जिनियरिङ्ग पेशालाई आजको वैज्ञानिक युग अनुसार रुपान्तरण गरौ” भन्ने मूल नाराका साथ शुक्रबार आफ्नो प्यानलका सबै उम्मेद्धवार प्रदेश तथा केन्द्रिय कार्यकारिणी सभाको निर्वाचनमा होमिने प्रदेश सदस्य उम्मेद्धवार सूर्यदेव गुप्ताले जानकारी दिनुभयो । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको बताउदै उहाले अब प्रचार प्रसार अभियानमा जुटेको बताउनुभयो । प्रदेश नम्बर ५ को ऐतिहासिक तथा प्रथम कार्यकारिणीमा युवा तथा अनुभवीहरुलाई नयाँ तथा पुराना पुस्ताले पक्कै पनि विश्वास गर्ने र क्षमता, दक्षता र पार्टी आस्था भन्दा माथि उठेर निर्वाचनमा सहभागी हुनेमा आफु र आफ्नो टिम पूर्ण आशावादी रहेको इन्जिनियर गुप्ताको भनाई छ ।
नेपाल इन्जिनियर्स एशोसिएशनको प्रथम प्रदेश कार्यकारिणी सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । देशभरी २० हजार इन्जिनियर आबद्ध रहेको यस संस्थामा प्रदेश नम्बर ५ मा ७ सय असी मतदाता इन्जिनियरले मतदान गर्नेछन् । प्रदेश अध्यक्ष र पदाधिकारी सहित १५ सदस्सीय कार्यसमिति र प्रदेशबाट १ जना केन्द्रिय सदस्यलाई प्रदेशबाट मतदान हुने बताइएको छ । प्रदेश नम्बर ५ को नेपालगञ्ज, दाङ्ग र बुटवलबाट उम्मेद्धवारहरुलाई मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।