About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
महोत्तरीको औरहीमा पुरुषको शव भेटियो, हत्याको आशंका

Darpanpost बुधबार, मंसिर २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२६ मंसिर, काठमाडौं ।

महोत्तरीको औरही नगरपालिका २ फुलबरियाका एक व्यक्तिको मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय बेचु महतो मृत फेला परेका हुन् ।

उनको शव बुधबार बिहान घरबाट करिब एक किलोमिटर टाढा उँखुबारीमा भेटिएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

महतो राति घर बाहिर निस्किएका थिए । तर किन निस्किएका थिए भन्ने खुलेको छैन । परिवारका सदस्यहरुले राति १२ बजेतिर महतोलाई नदेखेपछि खोजी सुरु गरेका थिए । छिमेकी र आफन्तहरुलाई भेला पारेर खोजतलास गर्दा पनि नभेटिएपछि बुधबार बिहान ३ बजेतिर प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले टोलीले खोजी गर्दा घरभन्दा करिब एक किलोमिटर टाढा उँखुबारीमा शव भेटिएको थियो । उनको घाँटीमा हल्का चोट देखिएको छ । त्यसैले स्थानीयबासीले उनको हत्या भएको अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com