About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपालका तीन गैडा भारतको जंगलमा अलपत्र

Darpanpost मंगलबार, मंसिर २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रबिन्द्र यादव/ नवलपरासी पश्चिम

साउनको बाढीमा नारायणी नदिमा बगेर भारतिय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् । भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने प्रयास गरिए पनि एस एस वी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका छन् ।
लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले बताउनु भएको छ ।
भारतले आफ्नो बन क्षेत्रमा रहेका गैंडाको रेख देखका लागि ६ जना कर्मचारी राखेको नेपाल तर्फ आउन रोक लगाएको सुस्ताका स्थानियहरुले बताएका छन् । अहिले नेपाल बाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये १ वटा गैंडा पोथी हो भने २ वटा गैडा विहारको सिर्सिया जंगलमा रहेको र एउटा विबादित क्षेत्र सुस्ता नजिकैको भारत तर्फको जंगलमारहेका छन् ।
गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको टोलीले गैंडा फर्काउनका लागि भारतिय बन कर्मचारीहरु संग पहल गर्दा केन्द्रबाट स्विकृति लिएर आउनु भनेर कर्मचारीले गैंडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका अाजम खाले बताए । खाका अनुसार बन विभाग कर्मचारीको गैर जिम्वारीपुर्णले गर्दा समस्या भएको बताए ।
हात्ति सहितको टोली सुस्तामै रहेको छ । चितवनबाट अनुगमनका लागि टोली अाउन भनिएको भएपनि अहिलेसम्म सुस्ता अाएको छैन । टोली आएर थप अधयन गरेपछि गैंडा फर्काउनका लागि पहल गरिने सुस्ता प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक उपेन्द्र यादवले बताए । गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको शसस्त्र र जनपद प्रहरी खटिरहेको छ । नेपाल सरकारले चिनलाई २ गैडा उपहार दिएपछि भारतले अलि चिढिएको सरोकारवालाहरुले बताउँछन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com