About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
मेयरकप : मंगलबारको खेलमा कावासोती २ र कावासोती ८ विजयी

Darpanpost मंगलबार, मंसिर २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर २५ ।

कावासोती नगरपालिकाद्धारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिताको मगंलवारको पहिलो खेलमा कावासोती २ र दोस्रो खेलमा कावासोती ८ विजयी भएका छन ।

 

कावासोतीको राममन्दिर खेल मैदानमा  पहिलो खेलमा कावासोती २ ले कावासोती ९ लाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित हात पारेको हो । प्रतिस्पर्धामा कावासोती २ का जर्सी नम्वर ८८ का खेलाडी कृष्ण श्रेष्ठले ३ गोल गरेका थिए । उनले ३५, ६७ र ७४ औ मिनेटमा ३ गोल गरेका हुन् । खेलमा कावासोती २ का जर्सी नम्वर ११ का बल बहादुर थापाले ८ औं मिनेटमा खाता खोलेका थिए भने ८४ औं मिनेटमा जर्सी नम्वर ९९ का सुरज गुरुङले १ गोल गरेका थिए ।

 

त्यस्तै वडा नम्वर ८ र ६ बीच भएको दोस्रो खेलमा  कावासोती ८ ले ६ लाई ३ का बिरुद्ध ० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफको एक्काइसौ मिनेटमा कावासोती ८ का जर्सी नम्वर ८ का खेलाडी मनिष तामाङले १ गोल गर्दै खाता खोलेका थिए भने  जर्सी नम्वर  ७ का खेलाडी बिमल आलेले ६७ र ७८ औं मिनेटमा २ गोल गरेका थिए ।

 

भोलि पहिलो खेल वडा नम्वर ५ र १२ तथा दोश्रो खेल १ र ४ बीच हुने आयोजकले जनाएको छ । कावासोती नगरका १७ वटै वडाको सहभागिता रहेको मेयर कप फुटबल प्रतियोगिता पुस २ गते सम्म सञ्चालन हुनेछ ।

 

प्रतियोगिताको प्रथम हुनेले ७५ हजार, द्धितिय हुनेले ४० हजार र सेमिफाइनलमा पराजित हुने दुई टिमलाई १०÷१० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

नवलपरासी जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा कावासोती मैदान निर्माण उपभोक्ता समितिको सहआयोजना र न्यु भानु आदर्श युवा क्लवको संयोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com