नवलपुर, मंसीर २५ ।
पौष १५ मा पर्ने आफ्नो जातीय पर्व तमू ल्होछार लगायतमा सरकारले विदा कटौती गरेको प्रति गुरुङ्ग समुदायले आपत्ती जनाएका छन ।
सरकारले विदा कटौती गरेको भन्दै गुरुङ्ग राष्ट्रिय परिषद्ले देशभरका जिल्लामा रहेको जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गर्न निर्देशन गरे अनुसार मंगलवार देश भरका तमू ह्यूल छोज धीँले त्रापन पत्र पेश गरेको छ ।
ज्ञापन पत्रमा कटौती गरिएको विदा यथाशिघ्र पुर्नस्थापित गर्न माग गर्दे आफ्नो माग पुरा नभए आफुहरु जुन कुनै कदम चाल्न पनि पछि नपर्ने बताएको छ ।
आज तमू ह्यूल छोज धीँले गुरुङ्ग राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष ललित बहादुर गुरुङ्गको अध्यक्षतामा ज्ञापन पत्र वुझाउंदै आफुहरुको माग पुरा नभए कडा आन्दोलनमा उत्रने वताउनुभएको छ ।