About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
ईपीएलमा आज दुई खेल, पोखरा र चितवनलाई जित्नैपर्ने दबाव

Darpanpost मंगलबार, मंसिर २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२५ मंसिर, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दै छ ।

आफ्नो पहिलो खेलमा नै ललितपुर प्याटि्रयटसलाई तीन विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको विराटनगर पोखरालाई पनि पराजित गर्ने लक्ष्यमा छ ।

पोखराको लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । शीर्ष चारभित्र पर्नका लागि पनि पोखरालाई आजको खेल जित्नै पर्ने हुन्छ । पराजित भएमा पोखरा लगातार तीन खेलमा हार ब्यहोर्दै दुई खेलअघि नै पोखरा प्रतियोगिताबाट बाहिरिने छ । यसअघि भएको खेलमा पोखराले भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले र ललितपुर प्याटि्रयटससँग आठ विकेटले पराजित भइसकेको छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवाले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । लगातार दुई खेलमा पराजित भएको चितवनले आजको खेल जित्नै पर्ने अवस्थो छ । यसअघि चितवन पहिलो खेलमा ललितपुरसँग ११ रनले पराजित भएको थियो भने काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com