गजल
जुनै जोगि आए पनि गरिबको दिन फेरिएन
झनै च्यापिए पिडामा कहिल्यै रिन फेरिएन
घोचाइ उहीँ छ हेराइको दृस्टीकोण उस्तै
अमीरि नजरको गरिब प्रती घिन फेरिएन
दुई छाक खाना पनि कहिल्यै पुगेन हरे
सधै नुन रोटी मात्र मिठो खानपिन फेरिएन
चुहिएछ छानो खाना छैन एक मानो बाबै
सुक्यो रोगले ज्यान दिन कठिन फेरिएन
झनै बाच्न भयो गारो करको चटारो हजुर
कहिल्यै पाएन खुसी दुख एकछिन फेरिएन
सुरज सिंह
कपिलवस्तु