About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

प्रेस युनियन परासीको अध्यक्षमा सुवेदी निर्विरोध

Darpanpost सोमबार, मंसिर २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, मंसीर २४ ।

नेपाल प्रेस युनियन नवलपरासी पश्चिमको अध्यक्षमा पुरुषेत्तमसुवेदी निर्विरोध चयन हुनुभएको छ ।

आइतबार सम्पन्न अधिवेशनले सुवेदिको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सञ्जिव कोईराला, समावेशी उपाध्यक्षमा उमेश वि.क., सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा जीसवन न्यौपाने, सहसचिवमा मनिषा पाण्डे लगायत सबै पदाधिकारी सर्व सम्मत रुपमा चयन भएका हुन् ।

अधिवेशनको यद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सभाषद देवेन्द्र राज कंडेल प्रमुख अतिथि रहनुभएको थियो ।

त्यसैगरी नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष श्रीराम सिग्देल, नेपाल प्रेस युनीयन पूर्वका अध्यक्ष विरेन्द्र पराजुली, नेपाल प्रेस युनीयन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाल प्रेस युनियन रुपन्देही शाखाका अध्यक्ष विक्रम खड्का, नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेल, नरेन्द्र कुमार गुप्ता, बैजनाथ जैसवाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com