पर्वत । गाउँपालिकामा प्राप्त हुने उजुरीहरुलाई मेलमिलापको माध्यमद्धारा समस्या समाधान गर्ने उद्देश्यले मंसिर २१ देखी २८ गते सम्म सञ्चालन हुने मेलमिलाप सम्बन्धि तालिमको मोदी गाउँपालिको कार्यलय पालिचौरमा आज एक कार्यक्रमका विच शुभारम्भ भएको छ ।
आठदिन सम्म सञ्चालन हुने ४८ घण्टे तालिमको प्रमुख प्रशिक्षकको रुपमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल र समाजिक अभियन्ता गोविन्द पहाडीले रहनुभएको छ । तालिममा मोदी गाउँपालिका भित्रका आठवटै वडाबाट २४ जना मेलमिलाप कर्ताको सहभागिता रहेको छ । कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सेती महत, सदस्य दल बहादुर मल्ल, लक्ष्य बहादुर केसी र न्यायिक समितिका सचिवालय सचिव नासु भिम प्रसाद अर्यालको सहभागिता रहेको थियो ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षता जिल्ल समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय कमान सिहं गुरुङले गर्नुभएको थियो । मोदी गाउँपालिका न्यायिक समितिको सचिवालयमा प्राप्त हुन आएका विभिन्न २१ वटा उजुरीहरु मध्य १६ वटा उजुरीहरुको मेलमिलापको माध्यमद्धारा किनारा लगाएको न्यायिक समितिका सचिवालयका नासु भिम प्रसाद अर्यालले जानकारी दिनुभयो ।