About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
उघोग बाणिज्य संघ नवलपुरको आयोजनामा भएको २ दिने वृहत् निशुल्क स्वास्थ्य शिविरको आज(बिहिबार) समापन

Darpanpost बिहिबार, मंसिर २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर २० ।

उघोग बाणिज्य संघ नवलपुरको आयोजनामा भएको २ दिने वृहत निशुल्क स्वास्थ्य शिविर विहिवार सकिएको छ ।

नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा आयोजना गरिएको निशुल्क स्वास्थ्य परिक्षणमा सिङघापुरका वरिष्ट चिकित्सक सहितको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।

 

 

 

पहिलो दिन ३ सय १० जनाले र आज दास्रो दिन ४ सय ५९ गरि ७ सय ६९ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।  शिंगापुर रेडक्रस प्रारम्भ सामाजिक संस्था, सिटिजन बैँक, मध्यपुर अस्पताल प्रा.लि., बजाज आर इ, मध्यविन्दु सामुदायिक स्मृति अस्पताल, घले आँखा उपचार केन्द्र, मध्यविन्दु आँखा उपचार केन्द्र र सेभलाइफ जिम हाउसको सहआयोजनामा गरिएको २ दिने शिविरमा आखाँ रोग  , दन्त रोग , स्त्री सम्बन्धि रोग, हाडजोर्नि ,सल्यक्रिया लगायको स्वास्थ्य सेवा प्रदान गरिएको नवलपुर उघोग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले  जानकारी दिनुभयो ।

 

समापन कार्यक्रममा प्रतिनिधि सभा का सदस्य तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो। कर्यक्रममा सांसद महतले उघोग बाणिज्य संघ नवलपुरले आयोजना गरेको शिविरमा सवै प्रकारका रोगहरुको परिक्षण गरीएकाले प्रभावकारी भएको वताउनु भयो । कावासोतीका सर्वसाधारण सामान्य विरामी पर्दा समेत अन्यत्र जाने गरेको हुनाले निशुल्क शिविर संचालन गर्दै जानु पर्नैमा जोड दिनु भयो । उहाले फरक प्रसंगमा मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाइ जिल्ला अस्पताल वनाउन सवैको सहयोगको अपेक्षा रहेको समेत वताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: newsdarpanpost@gmail.com

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :-newsdarpanpost@gmail.com

Web :- www.darpanpost.com