About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
सरकारको विकल्प छैन ः राष्ट्रिय सभा सदस्य रामलखन हरिजन

Darpanpost बुधबार, मंसिर १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मशिर १९ । पश्चिम नवलपरासी । अहिलेको सरकार समाजका साथै देश निर्माण मा लागेकाले कसैले पनि यसको विरोध र विकल्प खोज्न नहुने राष्ट्रिय सभा सदस्य रामलखन हरिजन वताउनु भयो । पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा न ६ मा रहेको विसासय सामुदायिक वन उपभोत्ता समुहको १२ औं साधारण सभालाई सम्वोधन गर्दौ उहाले सामुदायिक कुनै पनि जाति विशेष र ब्यक्ति विशेष नभै सवैको साझा उद्देश्य पुर्ति गर्ने शब्द भएकाले यसमा सवै सामुदाय तथा समाजका नागरिकहरु समान अस्तित्व र उत्तरदायि भई लाग्नु पर्नेमा जोड दिनुभयो । सामुदायिक वन समुदायको हितमा हुने र यस वाट विभिन्न अवसरहरु समेत प्रप्त हुने भन्दै यसको महत्व वुझि सामुदायिक वनको संरक्षण र ब्यवस्थापनमा लाग्नु पर्ने वताउनु भयो । यसै गरि प्रदेश न ५ प्रदेश सभा सदस्य भगवति भण्डारिले सामुदायिक वन वाट विभिन्न अवसर हरु प्राप्त हुने भन्दै यसको सदुपयोग गर्नु पर्ने वताउनु भयो । विगतमा आफु पनि सामुदायिक वनमा आबद्ध रहेको र सामुदायिक वनले ब्यक्तित्व र नेतृत्व विकासमा समेत महत्वपुर्ण योगदान गरेको स्मरण गर्दै साामुदायिक वन सर्वपक्षिय हितमा रहेको औंल्याउनु भयो । सोहिअवसरमा सुनवल नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद देवकोटा, सामुदायिक वन उपभोत्ता महासंघ नवलपरासीका अध्यक्ष कमल परियार, सुनवल नगरपालिकाका वडा नम्वर ६ का वडाध्यक्ष राम प्रसाद लामा, उपभोत्ता समुहका सल्लाहकार रुद्रनाथ लामिछाने लगाएत वोल्नु भएको थियो । उपभोत्ता समुहका अध्यक्ष रुक वहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन समुहका उपाध्यक्ष जिवन पौडेल, आर्थिक प्रतिवेदन सह सचिव गंगा प्रसाद घिमिरे र समुहका सचिव हिमलाल चापागाई दिलिपले संचालन गर्नुभएको कार्यक्रममा विसासय सामुदायिक वनको हितमा काम गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com