About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
मिसन बैंकको १९ औँ शाखा परासीबजारमा

Darpanpost मंगलबार, मंसिर १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मशिर १८ । बुटवलमा केन्द्रीय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंकले पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा शाखा विस्तार गरेको छ । परासीमा आज एक समारोहकाबीच बैंकको शाखा शुभारम्भ गरिएको छ । यो बैंकको १९ औँ शाखा हो भने पश्चिम नवलपरासीमा पाँचौँ शाखा हो ।

बैंकका अध्यक्ष लिलबहादुर केसीको अध्यक्षता तथा रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मेयर गुप्ताले मिसन बैंकको स्थापनाले नगरको विकासमा महत्वपूर्ण टेवा प्ुग्ने विश्वास व्यक्त गर्नुभयो । परासीमा बैंक स्थापना हुनु खुसीको कुरा भएको भन्दै उहाँले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधारमा फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

बैंकका अध्यक्ष लिलबहादुर केसीले बैंकीङ पहुँच नपुगेको नागरिकलाई बैंकको पहुँचमा पुराउने उद्देश्य अनुसार ग्रामीण क्षेत्रमा बैंकले शाखाहरु स्थापना गरेको बताउनुभयो । पश्चिम नवलपरासीको भूमही, सुनवल, गोपीगन्ज, महेशपुरमा पनि शाखा रहेको उहाँले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बैंकको स्थापनाले जिल्लाको आर्थिक क्षेत्रको चलायमान र उद्योगी व्यवसायीलाई पनि सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो । बैंकका कार्यकारी प्रमुख हरिप्रसाद घिमिरेका अनुसार मिसन बैंकको हाल रु ५३ करोड चुक्ता पूँजी, साढे चार अर्ब निक्षेप संकलन, ४ अर्ब लगानी रहेको छ । उत्पादनमूलक क्षेत्र र विपन्न वर्ग कर्जामा मिसन बैंकको उल्लेख्य योगदान रहेको प्रमुख घिमिरेले बताउनुभयो ।

बैंकका कर्जा विभाग प्रमुख विष्णुप्रसाद गौतमका अनुसार मिसन बैंकले जनरल बैंकीङ सेवा र लघुवित्त सेवा सन्चालन गरिरहेको छ । लघुवित्त क्षेत्रमा करिव ८० करोड रुपैँया लगानी रहेको गौतमले बताउनुभयो । नेपाल राष्ट्र बैंकबाट ख वर्गमा सूचिकृत यो बैंकले केही समयमै दाङ र अर्घाखाँची तथा निकट भविष्यमै प्रदेश नं ५ का सवै जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । हाल बैंकको रुपन्देही, नवलपरासी र कपिलवस्तु कार्यक्षेत्र रहेको मिसन डेभलपमेन्ट बैंक परासी शाखाका प्रमुख सुनिल कुमार उपाध्यायले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com