अमृत भट्टराई / १८ मंसिर , बुटवल । (दर्पण पोस्ट )राष्ट्रिय हिन्दु युवा मञ्च नेपालका संयोजक माधव केसीलले भर्खरै मात्र सकिएको एसिया प्यासिफिक समिटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च बनाउने ठाउँ नेपाल लाई एक धर्म प्रचार गर्ने देश जस्तो बनाएको छ ।
विगतमा पनि सार्क शिखर सम्मेलन, बिमस्टेक जस्ता सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गरेको हामीमाझ ताजै छ । भर्खरै सम्पन्न समिट पहिलेको तुलनामा अझै ठूलो हो । र यो सम्मेलन पनि नेपालले भव्य रुपमा सम्पन्न गर्न सफल भएको छ ।
तर यो सम्मेलनले देशका जनतालाई भने सास्ती दिएको देखिएको थियो ।
नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवि थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो ।
सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि, ३ सयभन्दा बढी बिभिन्न देशका सांसद, ५ देशका सरकार प्रमुख नेपालमा आउनु भनेको त ती देशमा पनि नेपालका बारेमा चर्चा हुनु हो ।
सम्मेलन को मुख्य उदेश्यनै नेपाल लाई अन्तत क्रिऋियन राष्ट्र बनाउने हो भनेका छन् । एक कार्यक्रम बोल्दै केसीले भन्ने उक्त संस्थाले विगत देखिनै भित्र भित्र धर्म प्रचार र धर्म परिवर्तन जस्ता गतिविधि गर्दै आएको पछिल्लो समयमा त झन् उक्त एक निकै विवादय सम्बन्ध लाई सरकारले समेत साथ दिएको र सरकार स्वाएंम धर्म प्रचारप्रसार मा गालेको आरोप लगाएका छन् । केसीले भने सरकारले जनता विपरीत यस्ता खालको राष्ट्रिय हित विपरीतका गतिविधि रोक्नु पर्छने बताए । र यस्ता कार्यलाई रोक्ने जिम्मा युवाको काधमा आएको समेत बताए ।
नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवी थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो ।
नेपाल पनि एक सक्षम देश हो । शान्ति र स्थायित्व छ भन्ने देखाउन पनि सम्मेलन लाभदायी बनेको छ । नेपाल द्वन्द्वबाट शान्तितर्फ अनि अस्थिरताबाट स्थिरतातर्फ गएको छ भन्ने जुन बताउनुथियो, हामीले बताउने मौका पनि पायौं ।
नेपाल एउटा सुन्दर र शान्त देश हो भन्ने सन्देश संसारभर छर्न पनि यो सम्मेलन एउटा माध्यम बन्न पुगेको छ । त्यसैले समग्रमा सम्मेलन लाभदायी रह्यो भन्ने नै हो । तर सम्मेलन का रुपमा कुनै धर्मको भने प्रचार गर्ने नपाइने र यदि देश विरुद्धमा कुनै कार्य भएमा युवाले हेरेर नबस्ने र सबै जुट्न समेत आह्वान समेत गरेका छन् ।