About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
रिट्रनी माईग्रेट नेपाल गण्डकी प्रदेशले पूर्णता पायो

Darpanpost मंगलबार, मंसिर १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
नवलपुर , १७ मंसिर। रिट्रनी माईग्रेट नेपाल गण्डकी प्रदेशको सोमवार पोखरामा बसेको पहिलो बैठकबाट नेत्र थनेतको अध्यतामा १९ सदस्यिय नया कार्यसमितीलाई पूर्णता दिएको छ ।
जसको उपाध्यक्ष गुन्जमान गुरुङ कास्कीबाट, सचिबमा दिपक पान्डे स्याङजाबाट , उप सचिबमा बिष्णु पौडेल पर्वतबाट र कोषाध्यक्षमा सुनिता पौडेल गोरखाबाट चयन भएको रिट्रनी माईग्रेट नेपालका केन्द्रिय महासचिव लक्ष्मी प्रसा आचार्यले जानकारी दिए ।
यस्तै सदस्यहरुमा ओम नारायण थनेत, पदम बहादुर बिक, गोपाल खराल नवलपुरबाट , राजेन्द्र बिश्वकर्मा र जीवन भन्डारी कास्कीबाट , शुभ राम देबकोटा र खिलराज काफ्रि गोरखाबाट , अमृत घिमिरे र देबेन्द पंगेनी स्याङजाबाट , देबेन्द पौडेल पर्बतबाट , बम बहादुर थापा , उदय राज खानाल र दोर्ण बहादुर महत तनहुबाट , थर बहादुर थकालि मुस्ताङबाट चयन भएका छन ।
यस अघि नवलपुरमा भएको रिट्रनी माईग्रेट नेपालको भेलाले नेत्र थनेतको संयोजकत्वमा समिती गठन गरेको थियो । तर पदाधिकारी लगायत सदस्यहरुलाई पूर्णता दिन सकेको थिएन । सोमवारको वैठकले उक्त समितीलाई पूर्णता दिदै प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउन पहल गर्ने जनाएको छ । यस्तै कास्की जिल्लको संयोजकमा बुद्धि प्रसाद सुवेदी र स्याङ्जा जिल्लाको संयोजकमा हरि अर्याललाई चयन गरिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com