About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
कन्चन जेसिजले आयोजना गरेको हाजिर जबाफ प्रतियोगिता सम्पन्न

Darpanpost शनिबार, मंसिर १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी,कन्चन । जेसिज बेलभरियाले आयोजना गरेको गाउँपालिका स्तरीय हाजिर जबाफ प्रतियोगिता सम्पन्न भएको छ। चुरामणि पौडेलले अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिकाको २२ विधालय सहभागी भएका थिए ।प्रगति मा .विको प्राङ्गणमा भएको उक्त कार्यक्रममा सहभागी भएका २२ विधालय मध्ये पहिलो चरणबाट छनाेट गरिएका १० विधालयलाइ प्रतिस्पर्धामा उतारेका थिए। जस मध्ये प्रथम लिटिल रोज बाेडिङ स्कुल ,दितिय बुद्धदिप बाेेेडिङ स्कुल ,तृतीय प्रगति मा.वि र सान्त्वना बालकल्याण आधारभुत विधालय भएको थिए।भने पुरस्कार सौजन्य लक्ष्मि फर्निचर उधोग ,यशाेधा फुड्स,ब्राईट कम्पुटर सेन्टर र इस्पिन्जर च्याऊ फर्माले गरेको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथी कन्चन गाउँपालिकाको अध्यक्ष गोकर्ण ब .क्षेत्री ,बिशिस्ट अतिथी सैनामैना जेसिजका अध्यक्ष बिमल ज्ञवाली र कन्चन गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु रहनु भएको थियो।भने प्रगति मा.बिका प्र .जिबराज पौडेल अतिथिका रूपमा रहनु भएको थियो। उक्त कार्यक्रममा बोल्दै कन्चन जेसिजका रमेश पौडेलले कन्चन जेसिज खोल्नुको मुल उदेश्य १८-४०बर्षका युवाहरूको व्यक्तित्व र नेतृत्व बिकास गरि सामाजिक सेवा गर्ने बताउनु भयो। भने यस कार्यक्रमको सन्चालन कन्चन जेसिजका महासचिव राजन पौडेलले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com