About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नवलपुर बार एशोसिएसनको जील्ला अधिवेशन शनिबार हुँदै, अध्यक्षमा ३ जनाको उम्मेदवारी

Darpanpost शुक्रबार, मंसिर १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर १४ ।

भोलि-शनिबार_ हुने कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन नवलपुरको प्रथम जिल्ला अधिवेशनको निर्वाचनका लागि विभिन्न पार्टिले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ निकट कानुन ब्यवसायीहरु संगठन नेप्लिज लयर्स एशोसिएसनका तर्फबाट अध्यक्षमा अधिवक्ता भुपेन्द्र खनालको प्यानलले उम्मेदवारी दिएको छ । जसको उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा दिपक भट्टराई, कोषाध्यक्षमा राधा उपाध्याय, सदस्यहरुमा चेतप्रसाद शर्मा, फेकुराम साह, टेकनारायण सुवेदी र बुद्धिराज पोखरेले उम्मेद्वारी दिएका छन् । ११ सदस्यीय कार्यसमितिमा खनाल प्यानलले नौ जनाको मात्र उम्मेद्वारी दर्ता गरेको छ ।

त्यस्तै नेपाली काँग्रेस निकट कानुन ब्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन -डिएलए_का तर्फबाट अध्यक्षमा चेतनारायण भुषाल, उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा जनक ढुङ्गाना र सदस्यहरुमा अर्जुन काफ्ले, गणेश सिग्देल र पदमलाल चौधरीले उम्मेदवारी दिएका छन् । ११ सदस्य कार्यसमितिमा ६ जनाले मात्र उम्मेद्वारी दिएका छन् । दुई तर्फबाट आवश्यक संख्यामा मात्र सदस्यको उम्मेद्वारी परेकाले सातजना सदस्य र्नि्विरोध भएका छन् भने कोषाध्यक्षमा नेप्लिज लयर्स एशोसिएसनकी उम्मेद्वार राधा उपाध्याय निर्विरोध भएकी छिन् ।

शनिवार हुने निर्वाचनमा अध्यक्षमा नेप्लिज लयर्स एशोसिएसन तर्फबाट अध्यक्षमा अधिवक्ता भूपेन्द्र खनाल, डेमोक्रेटिक लयर्स एशोसिएसन -डिएलए_ का तर्फबाट अध्यक्षमा चेतनारायण भुसाल र अध्यक्षमा स्वतन्त्र उम्मेद्वार गणेश सापकोटा सहित तीन जनाले प्रतिस्पर्धा गर्नेछन् । अध्यक्षका स्वतन्त्र उम्मेद्वार सापकोटा कम्युनिष्ट कानुन ब्यवसायीका केन्द्रीय सदस्य, तत्कालिन नेकपा -एमाले_ का जिल्ला सदस्य समेत हुन् ।

अन्य पदाधिकारीमा भने कम्युनिष्ट पार्टी र काँग्रेस पार्टी निकटका कानुन ब्यवसायीहरुले प्रतिस्पर्धा गर्नेछन् । केन्द्रीय पार्षदमा भने एक जनामा अधिवक्ता भोजराज दाहाल निर्विरोध भएका छन् । चुनाव बार भवन कावासोतीमा शनिवार बिहान ११ बजे देखि ३ बजे सम्म हुनेछ । नवलपुर जिल्ला अदालत गठन भएको एक वर्षपछि नवलपुर बार एशोसिएसनको चुनाव हुन लागेको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com