About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गुनस्तरिय काम गछौ भन्ने विश्वास निमार्ण व्यवसायीहरुले दिलाउन सक्नु पर्छ मुख्यमन्त्री पोखरेल

Darpanpost बिहिबार, मंसिर १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

देवी भण्डारी,

दाङ, १३ मंसीर। प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले गुनस्तरिय काम गछौ भन्ने विश्वास निमार्ण व्यवसायीहरुले दिलाउन सक्नु पर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायिसंघ प्रदेश नं ५को प्रथम साधारणसभामा बोल्दै मुख्य मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका पोखरेलले निमार्ण व्यवसायिले कागज एउटाको नाममा गर्ने र काम आर्काेले गर्ने हुदा यसको जवाफदेहिता कोहि नभएको हुदा काममा लापर्वाही हुने गरेको भन्दै यस्तो प्रवृतिको अन्त्यहुनु पर्नेमा जोड दिनु भयो । साथै उहाले कामनै नगरि प्रतिशत छुट्याउनु पर्ने अवस्थाको निर्माण व्यवसायिको नेतृत्वकर्ताले समाधान गनु पर्न बताउदै निर्माण व्यवसायीहरु रातनीतिमा निश्कृय हुनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अथिति नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अधयक्ष रवि सिहंले सहजरपमा समागी उपलव्ध नहुनुले निर्माण समयमै सम्पन्न गर्न कठिनाई भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरुले व्यवसायमा इमान्दारिता र निष्ठा देखाउनुपर्ने बताउनु भयो । निर्माण व्यवसायीले विकास निर्माणमा ढिला सुस्ती गर्ने, गुणस्तरहिन काम गर्नेलगायतका समस्याहरु देखाउने गरेको भन्दै पूर्वध्यक्ष लामिछानेले व्यवसायीमाथि लागेका आरोपहरु चिर्न व्यवसायीहरुले पेशागत मर्यादा र इमान्दारिता प्रस्तुत गर्न आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै लामिछानेले समयमा काम नगर्ने ठेकेदारलाई राज्यले कारवार्हीे, हर्जना तिराउने व्यवस्था गरेको भन्दै सडक तथा पुलको गलत डिजाइन गर्ने इन्जिनियरलाई पनि राज्यले कारवार्हीको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

कुनै पनि कामको ढिलाईमा निर्माण व्यवसायीका मात्र हात नभएर कर्मचारी तन्त्रका कारण ढिलाई हुने गरेको उहाले दावी गर्नु भयो । त्यस्तै पूर्वअध्यक्ष यक्षध्वज कार्कीले राज्यले जिम्मा दिएका विकास निर्माणका काम गर्न कर्मचारीहरुलाई घुस दिने व्यवस्थाको अन्त्य राज्यले गर्नुपर्ने बताउदै निर्माण व्यवसायीहरुले सडक तथा पुलहरु निर्माणको ठेक्का प्राप्त गरेपनि कर्मचारीहरुलाई सुघ नखुवाउँदासम्म काम गर्न समस्या रहेकोको भन्दै त्यो प्रवृद्धि हटाउन राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । पूर्वअध्क्ष काकीले निर्माण व्यवसायीले ३ देखि १३ अर्वसम्म कर्मचारीदेखि नेतासम्म विभिन्न तहलाई घुस खुवाउनुपर्ने बतायता रहेको भन्दै यी समस्या अन्यका सार्वजनिक खरिद ऐेन, निर्माण ऐन र फौजदारी ऐनमा सुधार आवश्यक रहेको समेत बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राज्यको अस्पष्ट नीति नियमका कारण निर्माण व्यवसायीहरुलाई काम गर्न समस्या रहेको भन्दै सहज रुपमा काम गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन राज्यले नीति नियममा सुधार गर्नुपर्ने बताएका छन् । देशको समृद्धिको पहिलो आधार भौतिक पूर्वाधारको विकास गर्नुपर्ने भन्दै बक्ताहरुले त्यसकालागि राज्य, निर्माण व्यवसायी र उपभोक्ताहरुका विचमा सहकार्य आवश्यक रहेको बताएका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलश पाण्डेय, नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष लक्ष्मण राना, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, नेपाली काग्रेस दाङका जिल्ला उपसभापति कमानसिंङ भारती, नेकपा नेता निर्मल आचार्य, निर्माण व्यवसायी महासंघ प्रदेश नं. ६ का अध्यक्ष मोहन आचार्य, नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नं. ७का अध्यक्ष मदनकुमार कुवर,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ,नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण चन्द्र शर्माले गरेका थिए । प्रथम साधारणसभा तथा अधिवेशनले तीन बर्षिय कार्यकालका लागि शुक्रवार आज नयाँ नेतृत्व चयन गर्ने छ ।

ब्ततबअजmभलतक बचभब
त्जबलपक ब यित।त्जबलपक ायच तजभ mबष्।ित्जबलप थयग ायच थयगच mबष्।ि

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com