About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
जनताको सहजताका लागि महाशिला गाउँपालिकाको आफ्नै मोबाइल एप्लिकेसन

Darpanpost बिहिबार, मंसिर १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दिपेश विश्वकर्मा पर्वत, मंसिर १३ ।
पर्वतको महाशिला गाउँपालिकाले सुशासन र सेवामा सेवाग्राही एवं जनताको सहज पहुँच पुर्याउनका लागि मोबाइल एप्लिकेसन सेवा सुरु गरेको छ ।जनताको काम छिटो छरितो र गाउँपालिका बाट प्रदान गरिने सेवा सुविधाको बारेमा सबै खाले जनताले सहजै बुझ्न सकुन भन्ने उदेश्यका साथ यस्तो सेवा सुरु गरिएको गाउँपालिकाका प्रबक्ता एवं वडा न ५ लंखुका वडा अध्यक्ष जिवन उच्चै ठकुरीले बताउनुभयो ।

गाउँपालिकाबाट प्रवाह हुने समग्र सेवा , गतिविधि र सुचना लगायतका सम्पूर्ण जानकारी जनताले एप्लिकेसन मार्फत लिनसक्ने गरि यस किसिमको नयाँ नौलो प्रविधिको सुरुवात गरेको ठकुरीले बताउनुभयो । सेवाग्राहीले उक्त एप्लिकेसन आफ्नो स्मार्ट फोनमा प्ले स्टोरबाट डाउनलोड गरेर महाशिला गाउँपालिकाको सम्पूर्ण जानकारीहरु लिन सकिने उहाँले भन्नुभयो ।गाउँपालिकाको योजना , बजेट ,कर्मचारीहरुको विवरण , निर्णय,सुचन तथा बोलपत्र ,कर तथा शुल्क , गाउँपालिकाका प्रतिनिधिहरुको सम्पूर्ण विवरण , प्रवाह हुने सेवा लगायतका बारेमा यस एप्लिकेसन मार्फत हेर्न र पढ्न सकिने छ ।
नेपाल सरकारको अवधारणा अनुसार नै यस गाउँपालिकाको सेवालाई प्रविधि मैत्री बनाइएको हो ।यो सेवा सुरु भएदेखि गाउँपालिकाको गतिविधिहरुको बारेमा जानकारी लिन कार्यालयमा धाइरहनुपर्ने झन्झटबाट मुक्ति मिलेको स्थानीय सेवाग्राहीले बताए ।आवश्यक सुचना आफ्नै स्मार्ट मोबाइल फोनबाटै प्राप्त गर्न सकिने भएपछि सानोठुलो जानकारी लिनकै लागि अनावश्यक समय बर्बाद गर्नुपर्ने हैरानी दुर भएको स्थानीय गंगा बहादुर विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com