About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गुल्मीको उर्लेनी,घुमाउनेफुलबारीमा मंसिर १५ गतेदेखि २० गतेसम्म प्रथम बाला चर्तुदशी मेला

Darpanpost बुधबार, मंसिर १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई /१२ मंसिर ,गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर . ६ उर्लेनी , घुमाउनेफुलबारीमा रहेको बाला चर्तुदशी मेला पुनःस्थापन समिति र प्रगतिशील हिमालि युवा समुहले यहीँ मंसिर १५ गतेदेखि २० गतेसम्म ´´ हाम्रो साना हाम्रो पहिचान , बालचर्तुशीको पुनःस्थापन हाम्रो अभियान ” प्रथम बाला चर्तुदशी मेला – २०७५ हुनेभएको छ । विगतमा लाउदै आएको बाला चर्तुदशी मेला बिचको समयमा लोभ भएको थियो । यहाँ भएका युवाहरु विदेश जाने क्रममा बढेर विभिन्न शिलशिलामा गाउँबाहिर भएको कारण बीचमा लोभ हुन्न पुगेको यहीँ मेलाका संयोजक कमल ज्ञवाली ले जानकारी दिनुभयो । ज्ञवालीले बताए अनुसार अभ फेरि हामी मेलालाई निरन्तरता दिने छौँ भन्नुभयो । कार्यक्रम मंसिर १६ गते कालीगण्डकी गाउँपालिका प्रमुख , उपप्रमुख वडा नम्बर . ६ का वडा अध्यक्ष ले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै उक्त कार्यक्रममा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता , पछिल्लो समय लोभ हुदै गएको पन्चानब्बे प्रतियोगिता , कुनै पुजा कार्यमा गाइने भजन कृर्तन प्रतियोगिता , स्थानीय लोकसांस्कृतिक झल्काउने नाच , राष्ट्रिय स्थानीय कलाकारको प्रस्तुति र तोरण तानने कार्यक्रम हुनेभएको छ । कार्यक्रम उर्लेनी घुमाउने फुलबारी मा रहेको लक्ष्मीनारायण मन्दिरको परिसरमा हुने सचिव चन्द ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com