About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
खानेपानी टंकी लडेर च्याप्दा एक जनाको मृत्यु

Darpanpost बुधबार, मंसिर १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर १२ ।

पूर्वी नवलपरासीको कावासोती १६ गैराटोलमा खानेपानी टंकी लडेर च्याप्दा कुखुराको अण्डा राख्ने क्यारेट बनाउने कारखानामा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व) का अनुसार कावासोती १६ डण्डा गैराटोलमा केशव रिमाल अण्डाको क्रेट बनाउने कारखानामा काम गर्ने क्रममा कारखानाले प्रयोग गर्ने खानेपानी टंकी ढलेर च्याप्दा अन्दाजी ३५ बर्षका कृष्ण अधिकारीको मृत्यु भएको हो ।

गम्भीर घाइते अधिकारीको उपचारको क्रममा डण्डाको मध्यविन्दु सामुदायिक अस्पतालमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो । अर्का एकजना गम्भीर घाइते भएको र उनको उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com