नवलपुर, मंसीर ७ ।
नवलपुर जिल्लामै पहिलोपटक आखाको सफल शल्यक्रिया गरिएको छ ।
कावासोतीमा रहेको घले आँखा उपचार केन्द्रमा १३ जनाको सफल शल्यक्रिया गरिएको हो । आधुनिक फेको प्रविधिबाट मोतियाविन्दुको सफल सल्यक्रिया गरिएको हो । काठमाडौ र भैरहवा बाट आएको चिकित्सकको टोलिले सल्यक्रिया गरेको घले आँखा उपचार केन्द्रका निर्देशक संगिता घलेले बताउनुभएको छ ।
मोतियाविन्दुका विरामी जिल्ला बाहिर धाउनुपर्ने बाध्यता रहेकोमा अव यो सेवा सँगै विरामी लाभान्वित हुने निर्देशक घलेले बताउनुभयो ।