About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Darpanpost शुक्रबार, मंसिर ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
मंसिर ७ । रुपन्देहीको देवदहमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार देवदह नगरपालीका वडा नं ९ भलुहीमा खैरेनीबाट बुटवल तर्फ जादै गरेको लु १ ज ३१८० नं को विङ्गर संग सोही दिशा तर्फ जादै गरेको लु ३४ प ५३५० नं को मोटरसाइकल र लु १ ज ९०३७ नं को बोलेरो पिक अप आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्ला रामग्राम–३ बस्ने २१ बर्षिय सन्दिप चौधरी रहेको देवदह प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टोप बहादुर रानाले जानकारी दिनु भयो । उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

मृतक चौधरीको सव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ । विङ्गर र बोलेरो पिक अपका चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।यस्तै गरी बिहिबार नै सोही स्थानमा मोटरसाइकललाई जोगाउने क्रममा कार अनियन्त्रीत भई पल्टदा कार चालक घाइते भएका छन ।बुटवल बाट खैरेनी तर्फ आउदै गरेकोबा १९ च ६४७१ नम्बरको कारले लु ३० प ७७५७ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा कार पल्टदा कार चालक देवदह नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २७का विकास उपाध्याय घाइते भएका हुन । उनको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com