About Contact
१७ चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नवलपुरमा एक वर्षको अवधिमा ६४ वटा मानव अधिकार उल्लंघनका घटना दर्ता, सबैभन्दा बढी बलात्कार र यौन दुव्र्यवहारका घटना

Darpanpost मंगलबार, मंसिर ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर ४ ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नवलपुरमा एक वर्षको अवधिमा ६४ वटा मानव अधिकार उल्लंघनका घटनाहरु दर्ता भएका छन् ।

 

इन्सेक नवलपुरले आज आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को वार्षिक समीक्षा कार्यक्रममा, २०७४ पुस १७ गतेदेखि २०७५ मङ्सिर ३ अर्थात् सोमबारसम्ममा ६४ वटा घटना दर्ता भएको तथ्यांक सार्वजनिक गरेको हो । सबैभन्दा बढी बलात्कार र यौन दुव्र्यवहारका ३१ घटना दर्ता भएको इन्सेक नवलपरासीका प्रतिनिधि नारायण पराजुलीले जानकारी दिनुभएको हो  । जसमध्ये २२ वटा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटना मात्रै छन् ।

 

घरेलु हिंसामा १४ वटा, राज्यबाट गिरफ्तारसम्बन्धी ३. गैरराज्य पक्षबाट हत्या भएका सम्बन्धी ६, मौलिक अधिकार सम्बन्धी १, कुटपिट सम्बन्धी १, एसिड प्रहारसम्बन्धी १, बहुबिबाह सम्बन्धी ३, मानव बेचबिखन सम्बन्धी १ र परिवारजनबाट हत्या प्रयाससम्बन्धी एक मुद्दा दर्ता भएको पराजुलीले बताउनुभयो । त्यस्तै भौतिक क्षति सम्बन्धी एक मुद्दा दर्ता भएको इन्सेक नवलपुरले जनाएको छ । ६४ मध्ये मध्ये ६ वटा अदालतबाट फैसला भएको र एक मुद्दाको प्रक्रिया नै अघि नबढेको पराजुलीले बताउनुभयो । यसैबीच समीक्षा कार्यक्रममा सहभागीहरुले इन्सेकले घरेलु हिंसा र बलात्कारका घटना मात्रै नभएर सिंगो मानव अधिकार उल्लघंनका घटनाहरुमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरीले जाहेरी दरखास्त लिन आनाकानी गर्नु दुःखद भएको बताएका थिए ।

 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले इन्सेकले मानवअधिकारको हनन हुन नदिन महत्वपूर्ण भूमिका खेलेको बताउँदै अझै समाजमा लुकेर रहेका घटनाहरुलाई सुक्ष्म अध्ययन गरेर बाहिर ल्याउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले जिल्लामा अघिल्लो वर्षको तथ्यांकअनुसार घटना बढेको हो कि ? घटेको हो भन्ने स्पस्ट खाका अनुसार चेतना फैलाउनु पर्ने बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले प्रहरी कार्यालयमा आउने सबै पीडितलाई न्याय दिलाउन आफूहरु लागि परेको र कुनै दबाबमा नपरी पीडितको जाहेरी तत्कालै दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने गरिएको बताउनुभयो । इन्सेक नवलपुरका तीर्थ राज डुम्रेले सञ्चालन गरेको कार्यक्रममा कानुन ब्यवसायी, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com