बनेपा। बनेपा ६ गाेसाइँस्थान स्थित नैमिषारण्य संस्कृत गुरूकुलकाे प्राङ्गणमा अाषाढ शुक्ल एकादशीकाे दिनदेखि परम् पूजनीय परम् श्रद्धेय वेदान्ताचार्य गुरु दिव्यमणि अधिकारीकाे मुखारबिन्दबाट प्रारम्भ गरिएकाे “चतुर्मासा प्रवचन” अाज अर्थात् हरिबाेधनी एकादशीकाे दिन विशेष पूजा-अर्चना सहित समापन गरिँदैछ । अाषाढ शुक्ल एकादशीकाे दिनदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु अाजैका दिन उठ्नुभएकाले अाजकाे दिनलाई हरिबाेधनि एकादशी भनिएकाे हाे । बर्षभरि पर्ने २४ वटा एकादशी भन्दा याे एकादशी विशेष भएकाले याे एकादशीलाई ठुलाे एकादशी नामले पनि चिनिने कुरा नैमिषारण्य संस्कृत गुरुकुलका अर्का अाचार्य पुरुषाेत्तम रिजाल बताउनुहुन्छ । याे एकादशीमा गरिएकाे स्नान, दान, तप अादि विशेष फलदायी हुने हुनाले यस दिन हिन्दुधर्मावलम्बीहरू व्रत बसी भगवान् विष्णुकाे पूजा-अर्चना गर्दछन् ।