About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बौदीकाली गाउँपालिकामा बसाई सराई गरी आउनेलाई भत्ता दिने गाउपालिकाको निर्णय

Darpanpost सोमबार, मंसिर ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर ३ ।

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको जनप्रतिनिधिहरुले आफ्नो गाउँपालिकामा जनघनत्व बढाउनका लागि नयाँ जुक्ति निकालेको छ। अनेत्र गाउँपालिका वा नगरपालिकाबाट बौदीकाली गाउँपालिकामा बसाई सराई गरी आउनेलाई बसाई सराई भत्ता दिने जनाएको छ ।

 

बौदीकाली गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मनबहादुर सारुका अनुसार बाक्लो बस्ती भएको ठाउँमा बसाईसरी आउनेलाई २५ र पातलो वस्ती भएको ठाउँमा बसाईसरी आउनेलाई ३० हजारको दरले बसाईसराई भत्ता दिने निर्णय भएको छ । बौदीकाली गाउँपालिकाको सदरमुकाम रहेका वडा डेढगाउँ बसाईसरी आउनेलाई २५ हजार र बौदीकाली ४ रुचाङ, बौदीकाली ५ बोबोक, बौदीकाली ६ नरममा बसाईसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने भएको छ । त्यस्तै बौदीकाली १ मिथुकरम र बौदीकाली ३ रकुवामा बसाईसरी आउनेलाई पनि प्रतिपरिवार ३०÷३० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको हो। बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार असोज १९ गतेको वैठकले यस्तो निर्णय गरेको हो ।

 

बौदीकाली गाउँपालिकामा १५ हजार ७३४ जनसंख्या छ भने ११ हजारको हाराहारीमा मतदाता रहेका छन् । ज्ञवालीको अनुभवमा संघीयता अघि बौदीकालीका समग्र वडाहरुलाई अर्थात साविकका गाविसहरुलाई हेर्दा बर्षेनी ५ देखि ७ प्रतिशत मानिस बसाईसरी अनेत्र जाने गरेपनि अहिले त्यो दर भने घटेको छ । पछिल्लो समय बसाईसरी गरी जानेको प्रतिशत १ देखि २ मा रहेको ज्ञवालीले बताए। गाउँपालिकाले प्रोत्साहन भत्ता आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थान गर्ने गरी प्रदान गर्ने निर्णय गरेको हो ।

फाइल तस्वीर :

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com