About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
गुल्मीमा नि:शुल्क अाँखा शिविर शनिबार सम्पन्न

Darpanpost आइतबार, मंसिर ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई 

मंसिर – २ गुल्मी ।  गुल्मीको दुर्गम क्षेत्रमा पर्ने कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाटको जिवनोद्रार उच्च माविमा ३ दिने नि:शुल्क अाँखा शिविर शनिबार सम्पन्न घुम्ती शिविरबाट ९५७ जनाभन्दा बढी लाभान्वित भएका छन् । कालीगण्डकी गाउँपालीकाको आयोजना रहेको शिविरमा वि.पि प्रतिष्ठान भक्तपुर को प्राविधिक सहयोग र गाउँपालीका का विदेशमा रहेका युवाहरूको आर्थिक सहयोगमा ३ दिने आँखा शिविर आयोजना भएको हो । शिविर कालीगण्डकी गाउँपालीका को पुर्तिघाटमा रहेको जीवनद्रार माविमा सञ्चालन भएको थियो । शिविरमा ९५७ जनाको आँखा परिक्षण गरिएको हो जसमा पुरुष भन्दा महिला बढी रहेका थिए पुरुष – ४३७ र महिला ५२० जना रहेका थिए । शिविरमा ८१ जनाको शल्यक्रिया र ६६ जनालाई चस्मा वितरण गरिएको गाउँपालीका का अध्यक्ष बेद बहादुर थापाले जानकारी गराउनुभयो ।

गाउँपालीका का अध्यक्ष बेद बहादुर थापाको अध्यक्ष्ातामा सञ्चालित कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस का नेता रुद्र नारायण श्रेष्ठले गर्नुभएको थियो । शिविर मा गुल्मीको कालीगण्डकी गाउँपालीका का बासिन्दा र पर्वत को बिहादी गाउँपालिका को बर्राचौर , रानीपानी , बाछ्छा का बासिन्दाले शिविर बाट लाभान्वित भएका छन् । यदी ठुलो शल्यक्रिया सहितको आधुनिक शिविर सञ्चालन भएको भने पहिलोपटक रहेको अध्यक्ष ले बताए ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com