About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बबई गाउपालिकाको शिक्षा क्षेत्रमा व्यापक सुधार

Darpanpost आइतबार, मंसिर ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मंसिर २ हापुरे । बबई गाउपालिकाको शिक्षा साखाले शिक्षाको क्षेत्र मा व्यापक हेरफेर गरेको छ । बिभिन्न कारणले समस्यामा पर्दै आएका विद्ययालयलाई हेरफेर पछि सहज हुने भएको छ । बबई गाउपालिका शिक्षा साखाले करिब डेढ दर्जन बढी शिक्षकहरुलाई पाएक पर्ने ठाउमा सरुवा गरेको छ भने १५ ओटा नया दर्बन्दी कायम गरि समस्या भएका विद्ययालयले अब नया शिक्षक पाउने भएका छ्न ।नया शिक्षक पाउने भएपछी अब भने ग्रामिण क्षेत्र का विद्यार्थीले अब गुणस्तरीय शिक्षा पाउने भएका छ्न । बबई गाउपालिकाको कार्यलयले आज औपचारिक कार्यक्रमको आयोजना गरि नया दर्बन्दीमा सफल भएका शिक्षक र सरुवा हुने सिक्षक लाई कार्यलयमा बोलाइ नियुक्ति तथा सरुवा को पत्र प्रदान गरेको छ ।

बबई गाउपालिका शिक्षाशाखाका प्रमुख मोहनलाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले शिक्षामा व्यापक सुधार गर्न विभिन्न कार्यक्रम बनाइ अगाडी बढ्ने बताउनु भएको छ । उहाले नियुक्ति बुझेर जाने शिक्षकहरु लाई कर्तव्यबोध भै अध्यापन गराउन निर्देशन दिनुभएको छ । कार्यक्रमका बिशिस्ट अतिथी बबई गाउपालिका का प्रमुख प्रशाशकिय अधिकृत बसन्तराज अधिकारी ले नया शिक्षक हरुलाई जसरी सफलता हुनुभएको छ सोही बमोजिमको कार्य लाई निरन्तरता दिई अध्यापन गराउन सुझव दिनु भएको छ ।
कार्यक्रममा बबई गाउपालिका का प्रबक्ता टन्कराज बिश्वकर्मा , बबई गाउपालिका वडान ६ का अध्यक्ष रामबहादुर डाङी ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधि मस्तबहादुर खड्का, नेपाल राष्ट्रिय सिक्षक संगठन जिल्ला सदस्य घनश्याम ओलि ,नेपाल सिक्षक संघ जिल्ला अर्थ सचीव पुर्ण बहादुर के सि लगायत ले मन्तव्य ब्यक्त गर्नु भएको थियोे । कार्यक्रम को सहजीकरण बबई गाउपालिका शिक्षा शाखाका कर्मचारी जितबहादुर केसिले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com