About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
लमहीमा बस दुर्घटना ,दुर्घटनामा १८ जना घाईते

Darpanpost आइतबार, मंसिर ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मसिर दाङ। भालुबाङ बाट लमही आउदै गरेको बस लमही नगरपालिका वडा नं. ३ टिकुलीगढमा दुर्घटना हुदा १८ जना घाईते भएका छन् । जस मध्य तीन जना गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । ना ३ ख ९४७ नम्बरको स्थानिय रुटमा चल्ने बस पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामापरी मल्लरानी गाउँपालिका वडा नं। ३ चौरपानी प्यूठान निवासी ५७ बर्षिय गोबिन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नं। ४ मौरीघाट निवासी ४५ बर्षिय रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नं। २ डोढही निवासी ८० बर्षिय दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नं। ७ भानपुर निवासी २५ बर्षिया सरिता चौधरी, २३ बर्षिया निर्मला कोईराला, राप्ती गाउँपालिका वडा नं। ७ निवासी डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नं। ५ भुल्के निवासी ४५ बर्षिया हिमा गाहामगर लगाएत अन्य घाईते भएका छन् । घाईते मध्य तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको र अन्य घाईतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com