About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
पर्वतका ६ वटा सडक यसै बर्ष कालोपत्रेको चरणमा

Darpanpost शनिबार, मंसिर ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत ।
जिल्लाका थप ६ वटा सडकहरुमा यसै बर्ष देखि कालोपत्रेको काम शुरु हुने भएको छ । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा वाँडफाँड हुने योजनाहरुमा जिल्लाका ६ वटा सडकहरुमा यसै बर्ष देखि कालोपत्रेको काम शुरु हुने भएको हो ।
संघिय सांसद पदम गिरीको संयोजकत्वमा बढिमा २० योजनामा ४ करोड रकम विनियोजन गर्नसक्ने गरी बनेको निर्देशिका बमोजीम चालु आर्थिक बर्षमा १४ वटा योजनाहरु छनौट भएका छन । ति मध्ये ७ वटा योजनाहरु सडक पूर्वाधार तर्फ छन । ७ सडक मध्ये ६ वटा सडकमा कालोपत्रेको काम शुरु हुनेछ भने बाँकी अर्को सडक यस बर्ष स्तरोउन्नती गरिनेछ ।
सांसद गिरीका अनुसार जलजला गाउँपालिकाको वारीवेनी देखि माझफाँट हुँदै लेकफाँट जाने सडकका लागि ५० लाख रकम विनियोजन भएको छ । स्थानीय तह, प्रदेश र संघिय सरकारको समेत बजेटलाई थप गरी उक्त सडकलाई पक्कि सडक बनाउने गरी काम अगाडि बढाईनेछ । यसैगरी, जलजला गाउँपालिकाकै मिलनचोक शालिजा लेकफाँट सडकका लागि ४० लाख रकम विनियोजन भएको छ । प्रदेश, स्थानीय तह र संघिय सरकारको समेत थप बजेटको ब्यवस्थापन गरी यस सडकलाई पनि पक्कि बनाउने अभियान यसै बर्ष देखि सञ्चालन हुने सांसद गिरीले जानकारी दिए ।
यसैगरी, कुश्मा नगरपालिकाको साइकलचोक–गहतेपोखरा–ठुलिपोखरी–खौला सडकका लागि ४० लाख रकम साझेदारीका लागि विनियोजन भएको छ । सडक कालोपत्रेका लागि पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्ने गरी उक्त रकम विनियोजना गरिएको हो ।
उता, मोदी गाउँपालिकाको पातिचौर–बाजुङ–क्याङ सडकलाई पक्कि सडक बनाउनका लागि यस बर्ष ४० लाख रकम साझेदारी गरिएको छ । उक्त रकममा प्रदेश र केन्द्रबाट समेत थप बजेटको ब्यवस्था उक्त सडकलाई पक्कि बनाउने गरी योजना गरिएको सांसद गिरीको भनाई छ ।
सडकको मर्मत सम्भारमा ठूलो बजेट खर्च हुँदै आएपनि सडक पक्कि नहुँदासम्म सडकको यात्रा कष्टकर बन्दै गएकाले अवको योजना सवै सडकलाई पक्कि बनाउने गरी योजना गरिएको सांसद गिरीले बताएका छन । गिरीका अनुसार फलेवासको मुडिकुवा देखि टुटुंगा ढिक सडकलाई पनि कालोपत्रे गर्ने कार्य शुरु गर्न यस बर्ष ४५ लाख रकम विनियोजन गरिएको छ ।
मध्य दक्षिणमा रहेको महाशिला गाउँपालिकाको केन्द्रमा पुग्ने सडकलाई पनि पक्कि सडक बनाउने अभियान चालु आर्थिक बर्षबाट शुरु हुने भएको छ । उक्त सडकलाई चालु आर्थिक बर्षका लागि ४० लाख रकम विनियोजन गरी उक्त रकममा साझेदार गर्दै सडकलाई पक्कि बनाउने कार्य शुरु हुने भएको छ ।
उता, दक्षिणी पर्वतमा रहेको बहुप्रतिक्षित सडक चिसापानी देखि हुवास हुँदै विहादी गाउँपालिकालाई जोड्ने सडकलाई कालोपत्रे गर्ने काम चालु बर्ष देखि नै शुरु हुने भएको छ ।
उक्त सडकका लागि ५० लाख रकम विनियोजन गरिएको छ । यस सडकमा पनि प्रदेश र स्थानीय तहको साझेदारी जुटाईने छ । उता, पर्यटकीय सडकको रुपमा रहेको दक्षिण पर्वतको शालीग्राम पु्ग्ने छचन्ने चरकाङ सेतीबेणी सडकका लागि १५ लाख रुपैंयामा स्तरोउन्नतीमा खर्च गरिनेछ । सवै सडकहरुमा स्थानीय तह, प्रदेश र केन्द्रिय सरकारको थप बजेटको ब्यवस्थापनका लागि आफूले पहल गर्ने सांसद गिरीले बताए ।
गिरीका अनुसार चालु बर्षमा सवै सडकको कालोपत्रेको काम शुरु हुनेछ । ‘उपलब्ध बजेटले जति सकिन्छ सडकलाई पक्कि बनाउने हो’ गिरी भन्छन–‘सडकको काम पुरा नहुँदा अर्को बर्ष पनि पूर्वाधार साझेदारी कार्यक्रमबाट बजेट विनियोजन हुनेछ ।’ स्थानीय, प्रदेश र संघको थप बजेट विनियोजन गर्न सकेमा सडकहरुको कालोपत्रे काम छिट्टै पुरा गरिने सांसद गिरीको भनाई छ । थोरै बजेटमा गुणस्तरीय काम हुनेमा गिरीले विश्वास ब्यक्त गरे ।
यसैगरी कार्यक्रम अन्तर्गत अन्य पूर्वाधार तर्फ सुन्दरे खोला सिंचाई योजना (चुवा ४,५ साविक), तारेभिर सामुदायिक भवन निर्माण (कुश्मा ३), पशुपति मावि राम्जा मञ्च निर्माण, भुक माझगाउँ खेल मौदान निर्माण, बृहद कुर्घा दुग्ध उत्पादक समूह भवन, चिलिङ भाट् निर्माण गरी ५ वटा योजनामा प्रत्येक योजनामा १० लाखका दरले बजेट विनियोजन गरिएको छ ।
यस अघि पूर्वाधार क्षेत्र विकास कार्यक्रममा सांसदहरुले बजेट विनियोजन गर्दा टुक्रे र महत्वहिन योजनाहरुमा रकम विनियोजन गरेको आरोप लाग्दै आएको थियो । सांसदहरुले आफ्ना कार्यकर्ता र आफन्तहरुका लागि मात्र टुक्रे र साना योजनाहरुमा रकम विनियोजन गर्ने गरेको आरोपलाई असत्य सावित गर्दै चालु बर्षमा केहि ठूला र दिर्घकालीन महत्व राख्ने आयोजनाहरुमा रकम विनियोजन गरीएको छ ।
चालु बर्षमा ६ सडकहरुलाई पक्कि बनाउने बजेटको पहिलो योजना छ । ति सडकहरुलाई आगामी बर्षहरुमा समेत बजेट थप गरी कालोपत्रे बनाउने सांसद गिरीले विश्वास लिएका छन । राष्ट्रिय सभा अध्यक्ष पर्वत जिल्लाकै भएकाले संघिय सरकार र प्रदेश सरकारबाट समेत सडकहरुमा कालोपत्रेका लागि बजेट ब्यवस्थापन गर्न थप सहज हुने भन्दै आगामी ५ बर्ष भित्र जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने आफ्नो चुनावमा उठाएको एजेण्डा जसरी पनि पुरा गर्ने गिरीको अठोट छ । बजेटमा सामुदायिक विकास र कृषकहरुका आवश्यकतालाई थोरै मात्रामा भएपनि सम्बोधन गरिएको छ ।
बजेट विनियोजन गर्नका लागि गठन हुने निर्देशक समितिको सर्वसहमत निर्णयबाट उक्त योजनाहरु छनौट भएको स्थानीय समन्वय अधिकारी विष्णुप्रसाद भुषालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com