About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
डणावरदेवी सास्कृतीक रंगशालाको शिलन्यास

Darpanpost शनिबार, मंसिर ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी, 
 १ मंसिर, नवलपरासी ।  राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले डण्डा स्थित डणावरदेवी सास्कृतीक रंगशालालाई राष्ट्रिय रुपमा नै परिचित बनाउनुपर्ने धारणा व्यक्त गरेका छन ।  शनिवार नवलपरासी पूर्वको कावासोती १४ डण्डामा रहेको डणावर देवी सास्स्कृती रंगशालाको शिलन्यास कार्याक्रममा सम्बोधन गर्दै उनले सास्कृतीक रंगशाला नाम दिएकाले विभिन्न जातजातीका संस्कृतीलाई जगेर्ना गर्नतर्फ लाग्नुपर्ने बताए । उनले आफुले रंगशालाको विकासका लागि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता वयक्त गर्दै रंगशाला निर्माण स्थलमा स्थानीय तहले बसपार्क बनाउने भन्ने कुरा रहेकाले सहकार्यमा काम अगाढी बढाउने उनले सझुाव दिए ।  जकल्याण युवा क्लबको आयोजनामा शिलन्यास कार्यक्रममा भएको थियो । पहिलो चरणमा स्थानीय समाजसेवि तथा रिटर्नी माईग्रेटहरुको सहयोगमा गेट र कम्पाउण्ड निर्माण गरिने रंगशाला निर्माण समितीका सदस्य ईन्द्र वहादुर महतोले जानकारी दिए । २५ सय जना दर्शक अट्ने प्याराफिट सहितको रंगशाला निर्माण गरिने छ जसमा भलिबल , ब्याडमिन्टन , टेवलटेनिस समेतको कोर्ट निर्माण गरिने छ । भने फुटवल र क्रिकेट समेत खेल्न सकिने महतोले जानकारी दिए ।
करीब एक करोण ५७ लाख रुपैयाको लागतमा पा“च वर्षभित्रमा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रंगशाला दुई विघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
जकल्याण युवा क्लबका अध्यक्ष नारायण थनेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष विकास केसी , रिटर्नी माईग्रेटका केन्द्रिय अध्यक्ष उत्तम अधिकारी , थारु कल्याणकारीणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतो रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र नारायण थनेत लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com