About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
दुई लाख १३ हजार रुपैयाको अवैध कपडा बरामद

Darpanpost शनिबार, मंसिर ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी,
१ मंसिर, नवलपरासी ।  नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउपालिका एक दुम्किवासबाट प्रहरीले शनिवार दुई लाख १३ हजार रुपैया बराबरको अवैद्य कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरिक्षक घजिन्द्र कार्कीका अनुसार भन्सार छलेर अवैध रुपमा कपडा ल्याउदै गरेकोे गोप्य सुचनाको आधारमा प्रहरीले जा“च गर्दा अस्थाई नम्बर प्लेट लु.अ.अ.क ७०२३ ( अनटेस्ट ) बलेरो पिकअप जिप र नवलपरासी पश्चिम बसैया निवासी चालक ईश्वर खत्री र व्यापारी व्यास पासवानलाई पक्राउ गरिएको छ । बरामद कपडामा कुर्ता सुरवाल ३ सय २८ थान ,टप २८ थान, थानको कपडा ३६ रोल ९ हजार ६ सय ३७ मिटर ,टावेल १६ थान , लुङगी १५ थान निलो रङको कपडा २४ मिटर, सिल्क कपडा १४ मिटर र उलन सट १७ मिटर रहेको छ ।  बरामद जीप र कपडा महेशपुर भन्सार कार्यालय चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com